३८ जना सवार विमान सम्पर्कविहीन

काठमाडौं , २४ मंसिर । चिलियन एयरफोर्सको कार्गो विमान सम्पर्कविहीन भएको छ । चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट अन्टाक्र्टिकातर्फ उडेको हर्कुलस सी १३० विमान सोमबारबाट सम्पर्कविहीन भएको चिलीको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ । उक्त विमानमा ३८ यात्रु सवार रहेको जनाइएको छ । सो बिमान स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा पुन्टा एरेनासबाट उडेको थियो । विमान त्यसको करिब ३ घण्टापछि सम्पर्कबाट बाहिरिएको थियो । विमानको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>