वैज्ञानिक समाजवाद अनिवार्य – मिसन सुनार

माओवादी आन्दोलनको एउटा अविस्मरणीय घडी र सुरुवाती दिन २०५२ फाल्गुन १ गते थियो जनयुद्ध अब इतिहास भयो विगत भयो । नेपाली जनता विश्वसर्वहावर्गको पहरेदारको रुपमा काम गर्दै आउने सिलसिलामा थुप्रै उत्पीडनका विरुद्ध लड्दै र जनताको सत्ता स्थापना गर्दै मालेमावादी विचारधाराबाट उत्पीडित नेपाली जनतालाई मुक्ति दिलाउने भर भरोसा देखाउदै २०६२–६३ को शान्तिप्रक्रियासम्म विरता, गौरब र कुशलतापूर्वक आइपुगेको थियो । जब माओवादी शान्तिप्रक्रियाको नाममा शान्ति र संविधान नभए बिद्रोहको द्वैध चरित्र बोकेर शहर पस्यो । त्यही शहरमै दिनप्रतिदिन भाका बदलिरह्यो । कहिले बिद्रोह, कहिले शान्ती र संबिधान नेतृत्वहरु यसैमा लुछाचुँडी गरिरहे । उता क्यान्टोनमेन्टमा कैद गरिएका जनमुक्ति सेना अराजकता र आर्थिक कुम्ल्याउने होडमा तस्कर, दुई नम्बर धन्दाजस्ता कार्यमा ब्यस्त र मस्त देखिन्थे । माक्र्सवादी आदर्शबाटै नेतृत्वहरु नै स्खलित भएपछि तलका कमरेडहरुको के दोष ? भन्ने तर्क–कुतर्कहरु चलिरहेको थिए । पार्टीभित्र उपल्लो तहमा विचार संघर्ष चलिरहेको थियो । क्रान्तिमा फर्कने वा संसदीय ब्यबस्थाबाट नै राजनीति कार्यक्रम अगाडि बढाउने भन्नेमा पार्टी दुई ध्रुवमा बिभाजित नै बन्यो । क्रान्तिकारी ध्रुब र ससद्वादी ध्रुब क्रान्तिकारी लाइनमा ठूलै पंक्ति देखियो भने संसदवादी लाइनमा प्रचण्डसहित केही केही अमुक र जनयुद्ध भरी जनयुद्धको बिरोध गर्नेहरुको हालिमुहाली रह्यो । क्रान्तिकारी पंक्तिको जोड थियो । कि अब जनतामा जाउँ जनतासँग गरेका बाचा–बन्धनअनुसार काम गर्न सकेनौं । पुनः जनतामा गएर साँचो कुरा जनतालाई भनौं भन्ने रह्यो भने अर्को हिस्सा अब जति गरिए यति नै हो । राजतन्त्र अन्त्य गरियौँ । संबिधान सभाबाट संबिधान जारी गर्दैछौँ । क्रान्ति पनि यही संसदीय ब्यबस्थाबाटै गर्नुपर्छ भन्दै माक्र्सवादको खिल्ली उडाउने र कार्यकर्ता, जनता सम्पूर्णमा भ्रम सिर्जना गरिरहे । अझ हास्यास्पद कुरा त के गरे भने अब राजनीतिक क्रान्ति सकियो । आर्थिक क्रान्तिको चरण हो, भन्दै पुँजीपतिवर्गको सेवा गर्न पुगे । विदेशीको गुलामी गर्दै लम्पसारवादी बन्न पुगे । यो सबै दिल्ली सम्झौताको अभिष्ट थियो । आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने प्रवृत्ति थियो । कार्यकर्ताहरु दिनप्रतिदिन निराश हुँदै कालापहाडमा कुल्ली काम गर्न हानिँदै थिए । प्रचण्डलाई सत्तोसराप गर्दै जनतामा बितृष्णा थियो । सहिदका आफन्तहरुमा पछुतो लाग्ने अवस्थाको जन्म भयो । बेपत्ताका आफ्न्तहरुबाट प्रश्न आउन थाले । हाम्रो मान्छे खै ? भनेर घाइतेहरु छट्पटाउन थाले हाम्रो उपचार कहिले भनेर ?
यस्तै–यस्तै प्रश्नका चाङ लागे तर नेताहरु आफ्नो धुत्र्याइ र लाचारीपना सधैँ ढाकछोप गरिरहे । २०६९ सम्म आइपुग्दा माओवादी आन्दोलनका जेष्ठ ब्यक्तित्वद्वारा क्रान्तिको नेतृत्व गर्ने अठोट ब्यक्त भयो । तर, त्यो पनि अवधि नपुगी जन्म दिएको शिशु जस्तै भयो । न त त्यो बामे सर्न स्क्यो न त त्यो ताते–ताते बोल्न सक्यो । उनको अवस्था अहिलेसम्म पनि उहीँ छ । जड्सूत्रवादको शिकार बनिरहेका छन् । आफ्नो पोजिसन बदल्न सकेका छैनन् । त्यहाँसम्म आउँदा केही कम्युनिस्टधारी मुकुन्डो पहिरिएर आएका अवसरवादी भूतहरु पनि अन्ततः त्यही संसदीय ब्यबस्थाकै मसानघाटमा हतार–हतार फर्किए । अहिले सत्ताको रसातालमा डुबुल्की मारिरहेका छन् । वैद्य ‘बा’सँगको २ वर्षलाई कार्यकर्ताले खुबै पर्खियौं । तर, क्रान्तिको स्पष्ट खाका आउन सकेन र अन्ततः त्यो बाध पनि फुट्यो । विचार संघर्षद्वारा नयाँ नेतृत्वको जन्म भयो । नेत्रबिक्रम चन्द ‘विप्लव’ र उहाँको नेतृत्वमा क्रान्तिकारी पार्टीको पुनर्गठन जनमुक्ति सेनाको स्थापना दिवसको अवसर पारेर २०७१ मंसिर ८ गते काठमाडौँको खुल्लामन्चबाट लाखौं जनता हजारौं कार्यकर्ताको सहभागितामा पार्टी पुनर्गठन भएको घोषणा भयो । यो एक साहसिक र नेपाली जनता, नेपाल र विश्वसर्बहारा र श्रमिक जनताको आँखिझ्याल बन्न पुग्यो । सहिद परिवार, बेपत्ताका परिवार, घाइते यौद्धाहरुको माओवादी घटकहरुको उर्जाको खुराक बनेको छ । क्रान्तिकारीहरु एकचोटि मूर्दाघाटबाट ब्युँझिएका छन् । प्रतिक्रियावादीहरु कानेखुसी गर्दै मलिनो अनुहार लागाएर थरथराइरहेका छन् । एकीकृत जनक्रान्तिको कर्यदिशा आठौँ औँ महाधिवेशनसम्म आइपुग्दा थुप्रै बहस र क्रिया अन्तरक्रियाबाट विज्ञानसम्मत प्रमाणित गर्दै एक हजार प्रतिनिधि, प्रर्यवेक्षकद्वारा इजाजत पाइसकेको छ । राजनैतिक कार्यदिशा एकीकृत जनक्रान्ति रह्यो भने । न्यूनतम राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद भएको छ । आजको बिश्वको चरित्र राजनैतिक, आर्थिक, समाजिक, सांस्कृतिक, प्राबिधिक क्षेत्रमा भइरहेको चमत्कारिता सूचना प्रबिधिमा आएको अभूतपूर्व विकास र भूमण्डलीकृत साम्राज्यवादको विशेषता सबैमा गहिरो गृहकार्य गरेर कार्यदिशाको समृद्धिकरण भयो । पार्टी पुनर्गठनदेखि यहाँसम्म आउँदा छैठौं बर्षमा प्रबेश भयो । क्रान्तिका विभिन्न चरण उपचरण यी अवधिसम्म चलिरहेको छ ।
बलिदानीको शृङखला सुरु भयो । राज्यद्वारा क्रान्तिकारीहरुमाथि अघोषित प्रतिबन्ध लाग्यो । तर, क्रान्तिकारी झापटद्वारा प्रतिक्रियावादीहरुलाई निस्तेज पार्ने ताकत कहिल्यै गलेन । बरु झन् स्पात भयो । यतिबेला राज्य सत्ताको चरित्र दलाल पुँजीवाद रहेको छ । यसको नेतृत्व नामधारी सुधारवादी कम्युनिस्टहरुले गर्न पुगेका छन् । तर, बिडम्बना क्रान्तिकारीहरुदेखि डराउने ताकत सच्चा क्रान्तिकारीहरुमा पाएपछि जनताको नजरमा आफ्नो घृणित कार्य उदाङ्गिएपछि जनतासँगको क्रान्तिकाहरुको समीप्यता तोड्न र लुटको स्वर्ग जोगाउनको लागि २०७५ फाल्गुन २८ गतेदेखि घोषित रूपमा प्रतिबन्ध लगाइएको छ । भोजपुरमा तीर्थ घिमिरे, सर्लाहीमा कुमार पौडेल, ओखलढुङ्गामा निरकुमार राईमाथि निर्ममतापूर्वक हत्या गरिएको छ । क्रान्तिमा रक्तरंगना सुरु भएको छ । आन्तरिक दुर्घटनामा परी कमरेड महान्लगायतका कमरेडहरुको शहादत भएको छ । राज्य निरीह बनेको छ । हामी जनतामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दा लिएर जनता, बुद्धिजीवि, राष्ट्र प्रेमी, देशभक्त, प्रगतिशील शक्तिसँग सहकार्य गरिरहेका छौं । हामी परिवर्तनको पक्षमा छौं । अधुरा क्रान्ति पूरा गर्ने लक्ष्यमा छौं । राज्य युद्धमा धकेल्न चाहन्छ । हामी शान्तिपूर्ण आवाजद्वारा जनताको हित हुने ब्यबस्था प्राप्तिको खोजीमा छौं । शासकहरु क्रुर बन्न बाध्य पार्दै छन् । अन्तमा छैठौं वर्षसम्मका यी यात्रा निकै उतारचढावपूर्ण रहे पनि राजनैतिक दृष्टिले फाइदाजन नै रहे । वर्ग दुश्मनको कित्ताबन्दी भएको छ । लेखक, विश्लेषक, नागरिक अगुवा, कानुन ब्यबसायी, देशभक्त कर्मचारी युवा विद्यार्थी, कलाकार, साहित्यकार, राजनीतिकर्मीमा एउटा बहस सिर्जना भएको छ । प्रतिबन्ध विरुद्ध बहस चलिरहेको छ । तर, उनीहरु आफ्नो दानवीय हत्कण्डा फिर्ता लिन सकिरहेका छैनन् ।
पार्टी पुनर्गठनको यो घडीसम्म आइपुग्दा हजारौं कमरेडहरु जेल, हिरासतभित्र मोर्चाबन्दी गरिरहुनु भएको छ । उहाँहरुप्रति सम्मान छ । लाखौं जनता रोग, भोग, बेरोजगारी, अन्याय, असमनताको चपेटामा परिरहेका छन् । यो दर्दनाक पीडालाई मुक्ति दिने एकीकृत जनक्रान्तिद्वारा नै सम्भव छ भन्ने बुझाई हामी सबैमा जाग्नु पर्दछ । विचार कार्यदिशा सही छ भने नभएका चीज पनि प्राप्त हुन्छ । विचार कार्यदिशा गलत भए भएको चीज पनि गुम्छ भन्ने सच्याइलाई आत्मसात गर्न जरुरी छ । दलाल पुँजीवाद निर्बिकल्प ब्यबस्था होइन, बैज्ञानिक समाजवाद अनिवार्य हो । दलाल पुँजीवादको विकल्प बैज्ञानिक समाजवाद हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>