विप्लवद्वारा नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

२०७६ असार २५ गते, बुधबार

काठमाडौं , २५ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को असामयिक निधनप्रति शोक व्यक्त गर्दै मृतक अधिकारीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । श्रद्धाञ्जली तथा समवेदना वक्तव्यमार्फत महासचिव विप्लवले श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको पनि उल्लेख गरेका छन् । महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘२०१२ सालमा गोरखामा जन्मिएर २०३२ सालदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील, इमानदार तथा निष्ठावान् नेता नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको छ ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी कमरेड श्यामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकसन्तप्त अधिकारी परिवार तथा पार्टी पङ्क्तिमा गहिरो समवेदना प्रकट गर्दछ ।’ माओवादी नेता श्यामको विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा आइतबार बेलुका निधन भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु