महान्यायाधिवक्तामाथि संसदको अवहेलना गरेको अभियोग

२०७६ बैशाख २६ गते, बिहीबार

काठमाडौं, २६ वैशाख । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिटिभ को एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ । गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता विलियम बारविरुद्ध दुर्लभ मानिने कदम उठाएको हो । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गरि प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गर्न बन्देज लगाएका थिए । यो घटनालाई लिएर ह्वाइट हाउस र कांग्रेसले एकअर्कामाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । अब अवहेलनाको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको पूर्ण बैठकमा पठाइनेछ ।
तल्लो सदनमा विपक्षी दलको बहुमत छ । आंशिक रूपमा प्रकाशित रोवर्ट म्युलरको प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रभावित तुल्याउन ट्रम्पको निर्वाचन अभियान र रुसबीच आपराधिक षड्यन्त्र रहेको कुनै प्रमाण फेला परेको उल्लेख छैन । राष्ट्रपति ट्रम्पले भने महान्यायाधीवक्ताले सांसदसामु बयान दिन जान नहुने बताउँदै आएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु