पाकिस्तानमा ‘हिन्दू’ महिला चुनाव लड्दै !

काठमाडौँ, २३ असार । मुस्लिमबहुल देश पाकिस्तानमा पहिलाेपल्ट एक हिन्दू अल्पसंख्यक समुदायकी महिला चुनाव लड्दै छिन् । पाकिस्तानकाे सिंध प्रांतबाट ती महिला यही जुलार्इ २५ मा हुने प्रांतीय विधानसभा चुनावमा उम्मेद्वार बन्न लागेकाे खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
महिलाका लागि जहिल्यै अनुदार मानिने देश पाकिस्तानमा त्याे पनि अल्पसंख्यक हिन्दू महिलाले चुनाव लड्ने हिम्मत गर्नुलार्इ एेतिहासि रूपमा हेरिएकाे छ । कट्टर मुस्लिम समुदायमाझ बाँच्न अल्पसंख्यक हिन्दूहरूलार्इ बहुत मुश्किल रहेकाे बताइन्छ । कैयाैं पटक ती हिन्दू समुदायका महिलालार्इ अपहरण गर्ने र धर्म परिवर्तनका लागि बाध्य बनाउने, जबरजस्ती विवाह गराउने समेत घटनाहरू हुँदै अाएका छन् ।
यस्ताे अवस्थामा ३१ वर्षीय सुनीता परमारले थारपकर जिल्लाबाट एसएस विधानसभा चुनाव पीएस-५६ का लागि स्वतन्त्र उम्मेदवारका रूपमा उठ्न नाम दर्ता गराएकी छिन् । सुनीताकाे यस कदमले उक्त समाजमा बदलाव लिने मात्र नभर्इ अन्य महिलाका लागि प्रेरक समेत हुने बताइएकाे छ ।
चुनाव लड्न लागेकी सुनीताले शिक्षाकाे स्तरमा सुधार ल्याउने र अाफ्नाे क्षेत्रमा महिलाका लागि स्वास्थ्य सुविधामा सुधार तथा वृद्धि गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेकी छिन् । गत मार्चमा एक अर्की हिन्दू दलित महिला कृष्णा कुमारी कोली पाकिस्तानमा पहिलाेपटक महिला सिनेटर बनेकी थिइन् ।
आत्मविश्वासका साथ परमारले भनेकी छन् कि उनले चुनाव लड्ने फैसला गरिन्, किनभने पूर्वसरकारले अाफ्नाे निर्वाचन क्षेत्रप्रति गरेका हरेक प्रतिबद्धता बिर्सयाे, विगतका स्थानीय र प्रान्तीय सरकारले साे क्षेत्रका लागि केही पनि गरेनन् । २१ औं शताब्दीमा बाँचिरहेका भए पनि साे क्षेत्रका महिलाहरुका लागि कुनै आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक संस्थाहरू छैनन् ।- एजेन्सी |

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>