डुंगा डुब्दा ४६ जनाको मृत्यु, १६ वेपत्ता

काठमाडौं, २४ जेठ । अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । सय जना इथियोपियन शरणार्थीसहित सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो । डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको बताइएको छ । केहीलाई भने उद्धार गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम.) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए । यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ । ईथियोपियामा जारी हिंसाका कारण हरेक महिना कम्तिमा ७ हजार आप्रवासीहरु तस्करीको बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>