चलचित्र श्रमिक संघको महाधिवेशन सम्पन्न

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । नेपाल ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल चलचित्र श्रमिक संघको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । चैत २८ गते काठमाडौँमा सुरु भएको संघको छैठौँ राष्ट्रिय महाधिवेशनले सुरजकुमार राईको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
महाधिवेशनबाट चयन गरिएको नयाँ कार्यसमितिमा अध्यक्ष सुरजकुमार राई, वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर श्रेष्ठ, उपाध्यक्षहरूमा धनराज पुरी, रत्नप्रसाद सेढाई (रमेश), श्यामकृष्ण शाही र महिला उपाध्यक्षमा जेनी शाही चयन भएका छन् । यसैगरी, महासचिवमा रोशन श्रेष्ठ, सचिवमा वसन्त योगी, कोषाध्यक्ष रामचन्द्र थापा मगर चयन भएका छन् भने प्रदेश नं. २ को संयोजकमा सुरेश साह, प्रदेश नं. ३ को संयोजकमा प्रकाश गजुरेल र प्रदेश नं. ४ को संयोजकमा मोहन आचार्य चयन भएका छन् ।

प्रतिक्रियाहरु