चट्याङका रोचक तथ्यहरू

२०७४ चैत्र २७ गते, मंगलवार

काठमाण्डौ , २७ चैत । अहिले प्रि–मनसुन सक्रिय भइरहेको छ । यो बेला चट्याङ पर्ने क्रम निकै बढी हुन्छ । प्रत्येक समय गड्याङगुडुङको आवाज सुनिन्छ । बिजुली चम्केको दृश्य देख्नेबित्तिकै टिभी बन्द गर्ने गरिन्छ । किनकि यस्ता विद्युतीय सामग्रीमा चट्याङ पर्ने गर्छ । जान्नुहोस् चट्याङसँग जोडिएका केही रोचक तथ्यहरू–
१. आकाशीय बिजुलीसँग सम्बन्धित अध्ययनलाई फुलमिनोलोजी भनिन्छ ।
२. प्रत्येक बर्ष करिब २४ हजार मानिसको चट्याङको कारण मृत्यु हुन्छ ।
३. प्रत्येक सेकेण्ड ४० पटक चट्याङ पर्छ अर्थात् दिनमा करिब ३० लाख पटक । यो सबै बिजुली जमिनमा आउँदैन । यसमध्ये धेरै बादलमै हराउँछ ।
४. चट्याङमा यति पावर हुन्छ कि यसले ३ महिनासम्म १०० वाटको बल्ब बल्न सक्छ ।
५. चट्याङको तापक्रम ३० हजार डिग्री सेल्सियस हुन्छ । यो सुर्य भन्दा ५ गुणा तातो हुन्छ ।
६. १९०२ मा चट्याङ परेपछि एफिल टावरको माथिल्लो भाग ध्वस्त भएको थियो । त्यसलाई पछि मर्मत गरियो ।
७. आकासबाट झर्ने चट्याङ करिब ४ देखि ५ किलोमिटर लामो हुन्छ । यसको फ्याल्क्स १ वा २ इन्च चौडा हुन्छ । यसमा १० करोड भोल्ट करेन्ट हुन्छ ।
८. चट्याङमा यति उर्जा हुन्छ कि त्यसबाट एक पटकमा एक लाख ६० हजार रोटी बनाउन सकिन्छ ।
९.चट्याङबाट मर्ने सम्भावना महिलामा भन्दा पुरुषमा पाँच गुणा बढी हुन्छ ।
१०. अमेरिकी राज्य उथामा १९३९ मा चट्याङ परेपछि एकैचोटी ८ सय ३५ भेडा मरेका थिए ।
११. १९९८ मा अफ्रिकाको कंगोमा फुटबल खेल चलिरहेको बेला अचानक चट्याङ प¥यो । त्यसबेला एक टिमका सबै ११ खेलाडीको मृत्यु भएको थियो ।
१२. एक ताजा वैज्ञानिक अनुसन्धानका अनुसार, यदि यसैप्रकार ग्लोबल वार्मिङ बढ्दै गयो भने सन् २१०० सम्म आजको तुलनामा ५० प्रतिशत बढी चट्याङ पर्छन् ।
१३. भेनेजुएलाको एक तालमा लगातार चट्याङ पर्छ । एक रातमा १०–१० घण्टा एवं बर्षमा २४० देखि २६० रात । यहाँ प्रत्येक बर्ष १२ लाख पटक चट्याङ पर्छ ।
१४. चट्याङ पर्ने सबैभन्दा ठूलो सम्भावना दिउँसोमा हुन्छ । यसले मानिसको सबैभन्दा बढी टाउको घाँटी एवं काँधमा असर गर्छ ।
१५. प्रकाशको गति ध्वनीको भन्दा धेरै गुणा तिव्र हुन्छ । यस कारण हामीले प्रकाश पहिले देख्छौँ अनि मात्रै आवाज पछि आउँछ । यदि तपाईले प्रकाश देखेपछि ५ सम्म गन्नुभयो अनि मात्रै आवाज सुन्नुभयो भने बुझ्नुहोस् चट्याङ एक माइल टाढा परेको छ । अर्थात् ध्वनीलाई १ माईल यात्रा गर्न ५ सेकेण्ड लाग्छ ।
१६. ‘स्टेच्यू अफ लिबर्टीमा प्रत्येक बर्ष ३०० पटक चट्याङ पर्छ । यदि यस पावरलाई एकत्रित गरियो भने ६ सय भोल्ट बन्छ ।
१७. यदि पानी नपर्ने, बादल नहुने, भए पनि तपाई चट्याङबाट सुरक्षित हुन सक्नुहुन्न ।
१८. हामी झरेको चट्याङ हैन झरेर फर्किएको चट्याङ देख्छौँ । फर्किएको चट्याङ जसको प्रकाश हामी देख्छौँ । त्यसको स्पिड ३२ करोड फीट प्रति सेकेण्ड एवं आवाजको गति ११०० फीट प्रति सेकेण्ड हुन्छ ।
१९. चट्याङ एक ठाउँमा एक पटक मात्रै हैन हजारौँ पटक पर्न सक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु