गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक

काठमाडौं, ११ जेठ । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् ।
अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ ।
एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ । किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।
तुलसी बस्नेतले सहजीकरण गरेको विमोचन कार्यक्रममा अतिथिहरुले एल्बममा रहेका गीत राम्रा रहेको बताउँदै गीतकार अग्निप्रसादलाई तथा एल्बममा जोडिएका सबैलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा रमेश थापालगायत एल्बममा जोडिएका सबैलाई प्रमुख अतिथि डा. कृष्णहरि बरालले मायाँको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा गायक अग्निप्रसादको परिवार, सञ्चारकर्मी र अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>