गीतकार बज्राचार्यको निधन

काठमाडौ, २८ भदौ । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गत सोमबार अस्पताल भर्ना भएका थिए ।
काठमाडौं ओमबहालमा जन्मनु भएकाका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिएका छन् । एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, लगायतका उनका लोकप्रिय गीत हुन् । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>