क्रेडिट कार्ड चलाउन जाने श्रीखण्ड नजाने …

काठमाडौं, २ कात्तिक । क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? विचार नपु¥याई प्रयोग गर्नु हुँदैन । नत्र तपाईं सजिलै ऋणको जालमा पर्नु हुने छ । त्यसले क्रेडिट कार्डलार्ई धेरै नै समझदारी पूर्ण स्वाप गर्नु पर्छ । त्यसैले हामी तपाईंलार्ई केही टिप्स दिन्छौं जसले क्रेडिट कार्ड प्रयोग गर्न तपाईलार्ई सजिलो हुनेछ । क्रेडिट कार्ड प्रयोग गर्न धेरै सजिलो छ त्यही भएर धेरैले यसलार्ई आवश्यकताभन्दा वढी प्रयोग गर्छन् । तपाई क्रेडिट कार्डबाट त्यति नै खर्च गर्नुस् जति तपाईको क्षमताले भ्याउँछ । तपाई क्रेडिट कार्डबाट मासिक कति खर्च गर्ने भनेर एउटा सीमा तय गर्नुस् । यस्तो सीमा क्रेडिट कार्डबाट खर्च गर्न सकिने पूरै रकमको आधाभन्दा वढी हुनुहुँदैन । तपाई क्रेडिट कार्ड एकाउन्टसँगै आफ्नो मोवाइल नम्बर पनि रजिस्टर गराउनुस् । तपाईले खर्च गरेको रकम मोवाइलमा एसएमएस आउने छ । जसले तपाईको खर्च सीमाका बारेमा तपाईलार्ई जानकारी गराइरहन्छ । हरेक महिना क्रेडिट कार्डको बिल आउँछ । यसलार्ई कार्ड स्टेटमेन्ट पनि भनिन्छ । यो बिल भुक्तानी समयमा नै गर्नुस् । नभए तपाईले जरिवाना शुल्क तिर्नु पर्ने हुन्छ । नगद भुक्तानीका साटो इन्टरनेट बैंकिङको मार्फत पैसा तिर्नुस् । समयमा भुक्तानी नगर्नाले तपाईले ठूलै रकम व्याज तिर्नु पर्ने हुन्छ । बैंक तपाईको आम्दानीका आधारमा ऋणको सीमा बढाउन प्रस्ताव गर्न सक्छ । यदि तपाईले सीमा बढाउनु भयो भने पहिलेभन्दा वढी खर्च गर्न प्रेरित हुनु हुने छ । कम्तिमा एक वर्षका लगि ऋण सीमा बढाउँदै नवढाउनुहोस् । बैंकले त तपाईलार्ई सीमा बढाउन प्रेरित गर्न सक्छ । उसको त कामै त्यही हो । तर, प्रेरित हुनुअघि आफ्नो गोजी हेर्नुस् । तपाई पहिले तय गरेको सीमाअनुसार नै क्रेडिट कार्डको प्रयोग गर्नुस् । यो सीमासम्म पुगेपछि नगद कारोबारमा ध्यान दिनुस् । क्रेडिट कार्डको सूचनाहरू कसैलार्ई पनि जानकारी नदिनुस् । कार्डको पछाडि लेखिएको सिबिबीको जानकारी त झन् कसैलार्ई दिँदै नदिनुस् । तपाई आफ्नो कार्ड प्रयोग गर्न कसैलार्ई पनि नदिनुस् । क्रेडिट कार्ड प्रयोग गर्दा लाग्ने खर्च तपाईले नै भुक्तानी गर्नु पर्ने हुन्छ । यदि तपाईं कार्ड कतै स्वाप गर्दै हुनु हुन्छ भने सेस्स पर्सनलार्ई अलि वढी ध्यान दिनुस् । उसले तपाईको कार्डको जानकारी चोरिरहेको हुनु सक्छ । अनलार्ईन पेमेन्ट गर्दा विश्वसनीय वेवसाइट नै प्रयोग गर्नुस् ।
क्रेडिट कार्डको प्रयोग बैंक या एटिएमबाट पैसा निकाल्न प्रयोग नगर्नुस् । जुन पैसा तपाई निकाल्नु हुन्छ त्यसलार्ई क्यास एड्भान्स भनिन्छ । यसमा तपाईले भारी ब्याज तिर्नुपर्ने हुन्छ । यो ब्याज पैसा झिकेदेखि नतिरेसम्म लाग्छ । यस्तो कारोबारमा ग्रेस पिरियड पनि हुँदैन । तर, खरिद गर्ने खालको कारोबारमा भने यस्तो पिरियड हुन्छ । एड्भान्समा कारोबार शुल्कसमेत लाग्छ । यो पनि महँगो हुन्छ । यस्तो विकल्पको प्रयोग भनेको एकदमै आवश्यकता पर्दा मात्र गर्ने हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>