इरानद्वारा आईआरसीजीको बचाउ

२०७६ माघ ४ गते, शनिबार

काठमाडौं , ४ माघ । इरानको सर्वोच्च नेता आयतुल्लाह अली खमानेइले इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरसीजी)को वचाउ गरेका छन् । युक्रेनको बोइङ विमान दुर्घटनामा आईआरसीजीको संलग्नता रहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नेता खमानेइले उसको बचाउ गरेका हुन । गत हप्ता इरानले युक्रेनको विमानमा रकेट प्रहार गरेर दुर्घटना गराउँदा चालक दलका सदस्यसहित एक सय ६७ जनाको मृत्यु भएको थियो । देशवासीलाई सम्बोधन गर्दै नेता खमानेइले अमेरिकाले हवाइ कारवाहीका क्रममा आफ्ना सैन्य कमाण्डर कासेम सोलेमानीको हत्या गरपछि उत्पन्न परिस्थितका कारण उक्त घटना हुन गएकोसमेत बताएका छन् ।
अमेरिकी हवाइ कारवाहीका क्रममा सोलेमानी मारिएपछि इरानले जवाफी कारवाही भन्दै इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो । सोही क्रममा युक्रेनको विमान उडान गरेलगत्तै आईआरसीजीले दुर्घटना गराएको थियो । घटना लगत्तै इरानले गल्ती भएको स्वीकार गरेपनि सर्वसाधारणले अमेरिकालाई जवाफ दिने क्रममा भएको घटनामा माफी माग्न नहुने भन्दै आन्दोलन गरेका थिए ।
त्यसलगत्तै इरानविरुद्ध सर्वत्र आलोचना भएको थियो । इरानले विमान दुर्घटना गराउन संलग्न रहेकाहरुलाई पक्राउ गरेको समेत जनाएको थियो । सर्वसाधारणले सरकारको विरोधमा प्रदर्शनसमेत गरेका थिए । विमान दुर्घटनामा मृत्यु भएका यात्रुका आफलन्तले शोक मनाइरहेका बेला खमानेइले आफ्नो सेनाको बचाउ गरेको भन्दै इराको उक्त कदमको सर्वत्र आलोचना भइरहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु