आधा दर्जन न्यायाधीशद्वारा इजलास बहिस्कार

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन् । न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि उनी नैतिक संकटमा परेका छन् । पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ । प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु