आँखामा फुटेको ऐना – दुर्गा कुंवर

उनको शिर मेरो पाउमा थियो
दुईवटै गोडामा
आँशुका थोपा थोपा थियो
कस्तो बिसाईतका निस्किएछु
घरको ढोका बाट
म त बाहिरिय
फेरि भित्रन्छु भित्रन्न
उनलाई भित्र्याए
आफै बाहिरिईन्
अब कहिल्यै भित्रिन्नन् उनी ।

भर्खर चुचो बाउन लागेको
अबोला बचेरो
खेलाउ खेलाउ लाग्न थालेको
मेरो मुटुको टुक्रा
संगै लिएर गयौ
लाग्छ ऊ बोल्न थाल्यो
तर ऊ खोसियो
अर्कैलाई बाबा बाबा भन्दै
तोते स्वरले कलास्दो हो
बाबाको तिर्खा मेट्दा
कसैलाई लजास्पद पार्दो हो
हरे ऊ ता खोसियो खोसियो
किन उसको बाबा नि खोसियो ।

थुक्क यो गरिवको सपना
हो बुझेको बन्चरो र घुँडो
तिम्रो दोष छैन प्यारी
मेरो गरिवीको दोष हो
पुर्खौली नश्लको दोष हो
सपनाको महल भन्दा
विपनाका सिढीहरु
कति कठिन रहेछ
आँखा भरीको आकासमा
एक पलक आफ्नो बनाए
जस्तो थियो खाली हात
उसै गरि गुमाए ।

घरको ढोका ढप्काई दियौ
अब कसले उघारि देला?
सिकुवा भरी हरियो लेउ होला
जहाँ लिपेर हिडेकी थियौ
कतै रुङिरहेका होलान्
सुकोमल पञ्जाका डामहरु
कति भोकायो होला
कति टुटायो होला
बिचरा गर्भिणी गाई
वचेराको सपना नि त थियो होला
सानो बाच्छो संग खेल्ने
एक कचौरो बिगौती खाने
प्रकृति धन्य होला
तिम्रो सपना पूरा गर्यो
तर म खोसिय
बचेराको कर्म खोसियो ।

लाग्थ्यो म अगाडि लागे भने
मैले दिएको दुई चिम्टी सिंन्दुर
गंगामा पखाल्छेउ
त्यो मेरो खरानीमा मिसिएर
अर्कै रङ बनेर जानेछ
मैले लगाईदिएको पोते
छातीमा राखिदिने छौ
म मायालाई काया बनाएर
संगै लिएर जानेछु
सुनेको छु
एउटा चुडिएको पोते
कुवा छेउ वरको फेदमा
असरङ्ग छरिएको छ
न म त्यो टिप्न सक्छु
न अब तिमीलाई भेट्न सक्छु ।

परदेशमा पसिना बगाएर
म ओच्छ्याई रहेछु
आँखैमा फुटेका ऐनाहरु
मेरो बिहाल तिमीले
कहिल्यै नसुन्नु है
रुए पनि देखाउदिन
आँसु पुरेको छु
नआउं भने मातृभूमिले सराप्ला
आँउ भने ,कसरी टेकैं
पैतालामा आगो उठ्ला
य दैव त छस् भने
मेरो पुकार छ
उनलाई कहिल्यै
आँसु नबगाई दे है
बस् अन्तिम त्यतिनै छ
म मर्दा उनले खबर नपाउन
उनी मर्दा मैले खबर नपाउँ
म लुटिए पनि
उनी कहिल्यै नलुटिउन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>