बिश्व

इजरायली सेनाद्वारा गाजामा राहत सामग्री बोकेको टोलीमाथि आक्रमण

काठमाडौँ । इजरायली सेनाले गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । इजरायलको यो आक्रमणपछि वर्लड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ ।इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत […]

२०८० चैत्र २१ गते, बुधबार

इजरायली आक्रमणमा इरानी कमाण्डरको मृत्यु

काठमाडौँ । इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा गरेको हवाई हमलामा इरानका वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार संदिग्ध इजरायली लडाकु विमानहरूले सोमबार सिरियामा रहेको इरानको दूतावासमा बमबारी गरेका थिए । इरानले यो हमलामा तीन वरिष्ठ कमाण्डरहरूसहित आफ्ना सात सैन्य सल्लाहकार मारिएको बताएको छ । दमास्कसको मेजेह जिल्लामा रहेको […]

२०८० चैत्र २० गते, मंगलवार

अमेरिकी गृहमन्त्रीमाथि महाअभियोग !

काठमाडौँ । अमेरिक सिनेटका रिपब्लिकनहरूले गृहमन्त्री अलेजान्ड्रो मायोरकासमाथि महाभियोग लगाउनु पर्ने बताएका छन् । रिपब्लिकन हाउस स्पिकर माइक जोनसनले डेमोक्र्याटिक सिनेटका बहुमतका तथा डेमोक्रोतिक सांसद समेत रहेका नेता चक शुमरलाई ‘आफ्नो संवैधानिक दायित्व पूरा गर्न’ आग्रह गरेका छन् । सदनमा अप्रिल १० मा महाभियोग प्रस्ताव सांसदहरुले अघि बढाउने बताएका छन् ।गत महिना सदनले दक्षिणी सीमा […]

२०८० चैत्र १८ गते, आईतवार

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त !

काठमाडौँ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ । मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा […]

२०८० चैत्र १८ गते, आईतवार

जापानी प्रधानमन्त्री किम जोङसँग शिखर वार्ता गर्न इच्छुक

काठमाडौँ । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको लागि अनुरोध गरेको जानकारी दिएका छन् । तर, टोकियोले पूर्ववत नीति परिवर्तन नगरेसम्म शिखर बैठक सम्भव नभएको उत्तर कोरियाली नेताको बहिनीले जनाएकी छिन् । लामो समयदेखि दुई देशबीचमा चलिरहेको अपहरण विवाद तथा उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमका कारणा दुई […]

२०८० चैत्र १३ गते, मंगलवार

सुरक्षा परिषद गाजमा तत्काल युद्धविराम गर्ने पक्षमा

काठमाडौँ । राष्ट्र संघको सुरक्षा परिषदले गाजमा तत्काल युद्धविराम गर्ने पक्षमा प्रस्ताव पारित गरेको छ । १५ सदस्यीय युएन सुरक्षा परिषदमा युद्धविराम प्रस्तावमाथिको मतदानमा अमेरिकाले भने मतदान गरेन्। अमेरिकाले विपक्षमा पनि मतदान नगरेर अनुपस्थित भएको जनाएको थियो । यस प्रकरणले यूएन युद्धविराम प्रस्ताव पारित हुनुले अमेरिकी–इजरायल सम्बन्ध थप तनावपूर्ण बनेको छ । इजरायली प प्रधानमन्त्री […]

२०८० चैत्र १३ गते, मंगलवार

इजरायली आक्रमणबाट ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन […]

२०८० चैत्र १२ गते, सोमबार

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा परि मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको आगोले भत्किएको भवनबाट थप शव फेला परेको र खोजी कार्य जारी रहेको रुसको अनुसन्धान कमिटिले जनाएको छ । राष्ट्रपति भलाद्मीर पुटिनले देशवासीलाई सम्वोधन गर्दै आक्रमणका पछाडि जोसुकै भएपनि सजायं दिने दृढता व्यक्त गरेका छन् […]

२०८० चैत्र ११ गते, आईतवार

अफगानिस्तानमा आत्मघाती विस्फोट: २१ जनाको मृत्यु ,५० जना घाइते

काठमाडौँ । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन […]

२०८० चैत्र ९ गते, शुक्रबार

इजरायली सेनाद्वारा गाजास्थित शरणार्थी शिविरमा आक्रमण

काठमाडौँ । इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ। यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले […]

२०८० चैत्र ७ गते, बुधबार