बिश्व

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा परि मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको आगोले भत्किएको भवनबाट थप शव फेला परेको र खोजी कार्य जारी रहेको रुसको अनुसन्धान कमिटिले जनाएको छ । राष्ट्रपति भलाद्मीर पुटिनले देशवासीलाई सम्वोधन गर्दै आक्रमणका पछाडि जोसुकै भएपनि सजायं दिने दृढता व्यक्त गरेका छन् […]

२०८० चैत्र ११ गते, आईतवार

अफगानिस्तानमा आत्मघाती विस्फोट: २१ जनाको मृत्यु ,५० जना घाइते

काठमाडौँ । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन […]

२०८० चैत्र ९ गते, शुक्रबार

इजरायली सेनाद्वारा गाजास्थित शरणार्थी शिविरमा आक्रमण

काठमाडौँ । इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ। यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले […]

२०८० चैत्र ७ गते, बुधबार

इजरायलद्वारा गाजाको अस्पतालमा हमला

काठमाडौँ । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ । […]

२०८० चैत्र ६ गते, मंगलवार

गाजामा मानवीय पहुँच सुनिश्चित गर

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन । महासचिव गुटेर्रेसले गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि सो आग्रह गरेका हुन् ।डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य […]

२०८० चैत्र ६ गते, मंगलवार

ट्रम्पद्वारा निर्वाचनमा आफूले नजिते रक्तपात हुने चेतावनी

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन आफूले नजिते रक्तपात हुने चेतावनी दिएका छन् । सिनेट उम्मेदवार बर्नी मोरेनोको पक्षमा ओहायो राज्यमा प्रचार गर्ने क्रममा ट्रम्पले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् । तर उनले केतर्फ संकेत गरेका हुन् त्यो भने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै […]

२०८० चैत्र ५ गते, सोमबार

रुसको राष्ट्रपतिमा पुन: पुटिन निर्वाचित

काठमाडौँ । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब […]

२०८० चैत्र ५ गते, सोमबार

इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो जानकारी गराएको हो । गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको […]

२०८० चैत्र ४ गते, आईतवार

रुसमा राष्ट्रपति पदको निर्वाचन हुँदै

काठमाडौँ । रुसमा राष्ट्रपति पदका लागि आज निर्वाचन भइरहेको छ । यो निर्वाचनले राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल ६ वर्ष थपिदिने निश्चित छ । मुख्य विपक्षी दलहरुको अनुपस्थिती र प्रमुख आलोचक अलेक्सी नाभाल्नीको कारागारभित्रै रहस्यमय मृत्युपछि हुन लागेको निर्वाचनलाई पश्चिमाहरुले पुटिनको निरंकुश शासनको निरन्तरता भनेका छन् । तीन दिनसम्म चल्ने निर्वाचनमा विजयी भएपछि पुटिन रुसमा सबैभन्दा […]

२०८० चैत्र २ गते, शुक्रबार

संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायली आक्रमण !

काठमाडौँ । गाजापट्टीको रफाह शहरमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलले गरेको आक्रमणमा एक जना मारिएका छन् ।प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु हुनुको साथै २२ जना घाइते भएको बताएको छ ।एजेन्सीका प्रमुख फिलिप लाजारिनीले यो हमलालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट अवहेलना भनेका छन् । हमासद्वारा […]

२०८० चैत्र १ गते, बिहीबार