बिश्व

अल्जेरियाको विमान दुर्घटना भएको पुष्टी

काठमाडौ, ९ साउन । अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरिइको विमान दुर्घटनामा परेको पुष्टी भएको छ ।विमान बुर्किना फासोको सीमाबाट ५० किलोमिटर टाढा पर्ने मालीको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बिबिसीले जनाएको छ । बुर्किना फासोको राजधानी औगादोउगुबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एकसय १० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । […]

२०७१ श्रावण ९ गते, शुक्रबार

युद्धविराम गर्न हमासको शर्त

काठमाडौं, ८साउन । इस्लामिक लडाकू समूह हमासले गाजा क्षेत्रमा इजरायलले नाकाबन्दी अन्त्य नगरेसम्म युद्धबिराम नहुने बताएको छ । हमास नेता खालेद मेशालले इजरायलले गाजा क्षेत्रमा ८ बर्षदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी अन्त्यका साथै इजिप्टसंगको रफाह सीमा नाका खुलाउनुपर्ने, प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् । उनले नाकाबन्दी नहटाउने र आफ्ना नागरिकको बलिदानीको सम्मान […]

२०७१ श्रावण ८ गते, बिहीबार

फर्निचर व्यापारी राष्ट्रपति बने

काठमाडौं । इन्डोनेसियाको सम्पन्न नगर जकार्ताका सुधारवादी गभर्नर जोको विडोडोले राष्ट्रपति पदको निर्वाचनमा मंगलबार विजय हासिल गरेका छन् । उक्त मुलुकका शक्तिशाली नेता सुहार्तोको कार्यकालमा भिजेका विवादास्पद पूर्वसैनिक जनरल प्राबोओ सुबियान्तोविरुद्ध उनले यो जित हात पारेका हुन् ।विडोडोलाई जोकोवीको नामबाट पनि चिनिन्छ । उनलाई निर्वाचनमा ५३ प्रतिशत मत प्राप्त भएको छ । सुवियान्तोले ४७ प्रतिशत […]

२०७१ श्रावण ७ गते, बुधबार

मलेसियन विमानमा आक्रमण

काठमाडौं । युक्रेनमा मलेसियाको विमानमा आक्रमण गरी खसालिंदा विमानमा सवार सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले पुष्टि गरेको […]

२०७१ श्रावण २ गते, शुक्रबार

युक्रेनमा फेरि संघर्ष चर्कियो

काठमाडौ, ३१ असार । युक्रेनमा रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा रहेको पूर्वी क्षेत्र फेरि संघर्ष चर्किएको छ । लडाकूहरुले सरकारी सेनाको एक विमान खसालेका छन् । साढे छ हजार उचाईमा उडिरहेको विमानलाई निशानामा पारिएको हो । रुसबाटै प्रहार गरिएको एक शक्तिशाली मिशाइलले आक्रमण गरिएको हुनसक्ने यूक्रेनी सेनाले आशंका गरेको छ । सरकारी सेनाले पनि लुहान्स्क शहरमा […]

२०७१ असार ३१ गते, मंगलवार

जर्मनीले जित्यो विश्वकप

काठमाडौँ, ३० असार । ब्राजिलस्थित रियो दि जेनेरियोको माराकाना रङ्गशालामा गएराति भएको बिसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उपाधि जर्मनीले हात पारेको छ ।गएराति भएको फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले पन्छाउँदै उपाधिमाथि कब्जा गरेको हो । यस उपाधिसहित जर्मनीले चौथोपटक उपाधि हासिल गर्दै इटालीसँग बराबरीसमेत ग¥यो । इटालीले पनि विश्वकपमा समान चार उपाधि हासिल गरिसकेको […]

२०७१ असार ३० गते, सोमबार

मोदीलाई अमेरिका भ्रमणको निम्तो

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । अमेरिकी विदेश उपमन्त्री विलियम्स बन्र्सले शुक्रबार प्रधानमन्त्री मोदीलाई भेटेर ओबामाको निम्तो थमाएका हुन् । यसअघि मोदीलाई अमेरिकाले भिसासमेत नदिएर अपमानित गरेको थियो ।अन्तरराष्ट्रिय सत्तचारमाध्यमले जनाएअनुसार अमेरिकी राष्ट्रपति ओबामाले मोदीलाई पठाएको निम्तोपत्रमा एक्काइशौं शताब्दीमा अमेरिका भारतसँग मिलेर अघि बढ्न इच्छुक […]

२०७१ असार २९ गते, आईतवार

३२ वर्षपछि शव भेटियो

काठमाडौँ । पर्वतारोहणका क्रममा ३२ वर्ष अघि हिउँमा हराएका फ्रान्सका एक पर्वतारोहीको शव फेला परेको छ ।फ्रान्सको आल्प्स पर्वतमा हिउँमा पुरिएको अवस्थामा प्याट्रिसय ह्यावर्ट नाम गरेका पर्वतारोहीको शव ३२ वर्षपछि भेटिएको हो । १९८२ मा प्याट्रिस फ्रान्स र इटलीको सीमा क्षेत्रमा रहेको ब्ल्याक पर्वत शृंखलामा आरोहणका लागि एक्लै निक्लेका थिए । २३ वर्षीय प्याट्रिस त्यसपछि […]

२०७१ असार २७ गते, शुक्रबार

भारतमा मोदीको पकड झन् बढ्दै

काठमाडौ ।भारतको सत्ताधारी हिन्दु राष्ट्रवादी पार्टीका अध्यक्ष पदमा प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वास गरिएका व्यक्ति अमित साहलाई नियुक्ति गरिएपछि बुधबार यस दलमा उनको नियन्त्रण अझै बलियो भएको अनुमान गरिएको छ ।साह सन् १९८० देखिनै प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ कडा राजनीतिक सङ्गठनकर्ताको रुपमा देखिएका छन् र मे महिनामा प्रधानमन्त्री मोदीको विजयमा […]

२०७१ असार २६ गते, बिहीबार

भारत र बंगलादेशबीचको समुद्री सीमा विवाद टुंन्ग्यो

काठमाडौँ, २५ असार । भारत र बंगलादेशबीच तीन दशक भन्दा लामो समुद्री सीमा विवाद अन्त्य भएको छ ।संयुक्त राष्ट्रसंघको न्यायाधीकरणले विवादित क्षेत्रको झण्डै ८० प्रतिशत हिस्सा बंगलादेशलाई दिने निर्णय गरेपछि बिवाद टुंगिएको हो । समुद्री सीमाबारेको मध्यस्थता सम्बन्धी स्थायी न्यायालयको निर्णय अनुसार दुई देशको विवादित क्षेत्र बंगालको खाडीको २५ हजार वर्ग किलोमिटरमध्ये १९ हजार ५ […]

२०७१ असार २५ गते, बुधबार