बिश्व

डुंगामा निसासिएर ४० जनाको मृत्यु

काठमाडौं, ३१ साउन । भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न लागेका आप्रवासी चढेको डुंगामा ४० जनाको निसासिएर मृत्यु भएको छ । इटालीको नौसेनाले जनाए अनुसार क्षमताभन्दा बढी यात्रु सवार डुंगामा निसासिएर ४० जनाको मृत्यु भएको हो । डुंगामा सवार ३ सय २० जनालाई भने सकुशल उद्धार गरिएको छ । डुंगाको इञ्जिनबाट निस्केको धुँवाका कारण निसासिएर उनीहरुको […]

२०७२ श्रावण ३१ गते, आईतवार

भारत ६९ औं स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौ ३० साउन । भारत आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाउँदै छ । आज राजधानी दिल्लीसहित देशका मूख्य शहरमा सुरक्षाको कडा प्रबन्ध गरि ६९ औं स्वतन्त्रता दिवस मनाउँन लागिएको छ । । दिल्लीस्थित लालकिल्लाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने हेलिकोप्टर पेट्रोलिङको व्यवस्था गरिएको छ । सोही स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन […]

२०७२ श्रावण ३० गते, शनिबार

चीनमा भएको विस्फोटको अध्ययन थालियो

काठमाडौं, २९ साउन । चीनको उत्तरी थियान्चिन शहरमा रासायनिक सामान राखेको एक गोदाममा विस्फोट हुँदा ५० जना मारिएपछिको घटना अध्ययन गर्न दुई सय जना सैनिक विशेषज्ञ टोली पठाइएको छ । स्थल सैन्य टोलीले उक्त क्षेत्रको सफाई पनि गर्ने छन् । विष्फोटबाट तीन हजार पाँच सय मानिस बेघरवार भएका छन् । विष्फोटमा सात सयभन्दा बढी घाईते […]

२०७२ श्रावण २९ गते, शुक्रबार

११ वर्षकी बालिका आमा बनेपछि

काठमाडौं, २९ साउन । पाराग्वेमा ११ वर्षकी बालिकाले छोरी जन्माएकी छन् । सौतेनी बाबुबाट बलात्कृत भएकी उनले छोरी जन्माएकी बिबिसीले जनाएको छ । डाक्टरका अनुसार ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । बच्चाको तौल ३.५५ केजी रहेको अस्पतालले जनाएको छ । अहिले दुवै जनाको स्वस्थ्य अवस्था राम्रो छ । उनलाई गर्भपतन गर्न सरकारले अनुमति […]

२०७२ श्रावण २९ गते, शुक्रबार

कार्टरलाई क्यान्सर

काठमाडौं, २८ साउन । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर रोगको संक्रमण पाइएको छ । शरीरका अन्य भागमा क्यान्सर फैलने खतरा भएपछि उनको शल्यक्रिया गरिदैंछ । बुधबार पूर्वराष्ट्रपति कार्टरले आफू अस्वस्थ्य भएको जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनले आफू क्यान्सरबाट पिडीत भएको र उपचारका लागि अस्पताल पुगेको जनाएका छन् । ९० वर्षीय कार्टरले […]

२०७२ श्रावण २८ गते, बिहीबार

नाइजेरियामा शक्तिशाली विस्फोट, ४७ जनाको मृत्यु

काठमाडौं, २७ साउन । नाइजेरियाको बोर्नो प्रान्तमा भएको शक्तिशाली बिस्फोटमा ४७ जनाको मृत्यु भएको छ । बोर्नो प्रान्तको साबोन गारी नगरमा भएको सो विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समयअनुसार मंगलबार दिउँसो भएको सो बिस्फोटका कारण आसपासका धेरै घर ध्वस्त भएका छन् भने दर्जनौं सवारी साधनमा क्षति पुगेको छ । आतंकवादी समूह […]

२०७२ श्रावण २७ गते, बुधबार

‘विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान’

काठमाडौं, २६ साउन । अफगानिस्तानले विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान रहेको ठहर गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानमा जारी आतंकवादी हमलाकारहरुको प्रशिक्षण र बिस्फोटक पदार्थ बनाउने कारखाना परिमार्जनको असर अफगानिस्तानमा परेको आरोप लगाएका छन् । अफगानिस्तानको सरकारी टेलिभिजनमार्फत् प्रसारित पत्रकार सम्मेलनमा बोल्दै उनले पाकिस्तानका कारण आफ्ना देशका निहत्था जनता मारिएको दाबी गरेका छन् […]

२०७२ श्रावण २६ गते, मंगलवार

अफगानिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौं,२६ साउन । अफगानिस्तान, भारत र पाकिस्तानमा सोमबार दिउँसो भूकम्पको कडा झड्का महसुस गरिएको छ । ६ म्याग्निच्यूड मापन गरिएको शक्तिशाली भूकम्पको झट्का भारत प्रशासित जम्मु–कश्मिर, पन्जाब, दिल्ली र पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो । अमेरिकी जियालोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दू अफगानिस्तानको फैजावाद देखि ८८ किलोमिटर टाढा, जमिनमुनि २ सय ९ किलोमिटरमा रहेको थियो […]

२०७२ श्रावण २५ गते, सोमबार

बाँदरले बालिका मार्यो

काठमाडौँ , २५ साउन । भारतको राजस्थानस्थित रसीदपुरा गाउँमा एउटा बाँदरले दुई महिनाकी बालिकाको हत्या गरेको छ । घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो । प्रहरीका अनुसार योगेश्वरी प्रजापत नाम गरेकी ती बालिकालाई कोठामा सुताएर आमा खाना पकाउन भान्छामा गएकी थिइन् । ढोका खोलेर भित्र पसेको बाँदरले योगेश्वरीलाई बोकेर पानी […]

२०७२ श्रावण २५ गते, सोमबार

ताइवानमा शक्तिशाली समुद्री आँधी

काठमाडौं, २४ साउन । ताइवानमा लगातार परेको पानीसँगै आएको शक्तिशाली समुद्री आँधी विस्तारै चीनमा पुगेको छ ।सुडेलोर नामाकरण गरिएको यो आँधी विस्तारै सर्दै दक्षिणपूर्वी चीनमा पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।आँधीको चपेटामा पर्न सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने आँधीका कारण बिजुली आपूर्ति ठप्प बनेको छ । हवाई तथा यातायातका सेवा ठप्प प्रायः […]

२०७२ श्रावण २४ गते, आईतवार