‘विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान’

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौं, २६ साउन । अफगानिस्तानले विमानस्थलमा भएको आक्रमणको जिम्मेवार पाकिस्तान रहेको ठहर गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानमा जारी आतंकवादी हमलाकारहरुको प्रशिक्षण र बिस्फोटक पदार्थ बनाउने कारखाना परिमार्जनको असर अफगानिस्तानमा परेको आरोप लगाएका छन् ।
अफगानिस्तानको सरकारी टेलिभिजनमार्फत् प्रसारित पत्रकार सम्मेलनमा बोल्दै उनले पाकिस्तानका कारण आफ्ना देशका निहत्था जनता मारिएको दाबी गरेका छन् । साथै उनले पाकिस्तानले यसमा ध्यान केन्द्रित नगरेमा आगामी दिनमा अफगानिस्तानसँगको सम्बन्ध बिग्रने संकेत समेत दिए ।
यद्यपी पाकिस्तानले भने राष्ट्रपति घानीको प्रतिक्रियाको खण्डन गरको छ । अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको आतंकवादी हमलामा पाँच जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु