जनआधारित पार्टी निर्माण नै समाजवादकाे पहिलाे आधार

२०८१ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज विषम सीले जनआधारित पार्टी निर्माण नै समाजवादकाे पहिलाे आधार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी प्युठानकाे बिहीबार पार्टी कार्यालय जुम्रीमा सम्पन्न प्रथम पूर्ण बैठकमा जिल्ला स्तरीय नेता कार्यकर्तालाई निर्देशन दिदै उनले सो विचार व्यक्त गरेका हुन् । दलाल संसदिय व्यवस्था असफल भइसकेकाेले जनतामा निराशा, असन्तुष्टि र सचेत तथा बाैद्धिक समुदायमा विद्राेहकाे चेत पसिसकेकाेले सचेत पहल लिन जनतामै जानुपर्ने उनले बताए । पार्टी केन्द्रले “पार्टीलाई आन्तरिक रुपले सुदृढ गराैं, समाजवादका लागि फराकिलाे माेर्चा निर्माण गराैं ! ” भन्ने मूल नाराका साथ ६ महिने अभियान वैशाख २५ गते नै उद्घाटन गरिसकेकाे छ, नेता विषम सीले भने । उनले अझ जाेड दिदै भने – ” राष्ट्रघाति एमसीसी सम्झौता जनस्तरबाटै खारेज गर्न, लघुवित्त, मिटर ब्याजि, चर्काे ब्याज असुल्ने सहकारी बैंकहरुलाई पिडितका गुनासाेकाे आधारमा पहिचान गर्दै जनकारबाहीमा जनतालाई व्यापक गाेलबन्द गर्दै मिसन ८४ समाजवादी माेर्चा र नेपाली विशेषताकाे समाजवाद निर्माणकाे वर्षकाे रुपमा स्थापित गर्न जनतामै जान निर्देशन दिए ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व अन्तरिम विधायिका सम्झना सीले अभियानकाे क्रममा आस्थाकाे धराेहर आदर्श परिवार जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपांग याेद्वाहरु र जनयुद्धका पुराना स्थानिय स्तरका नेता, कार्यकर्ता, शुभचिन्तक र श्रमिक समुदायलाई विशेष प्राथमिकतामा राखि भेटघाट गर्न अनुराेध गरिन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्व जिल्ला सेक्रेटरीहरु सुर्यप्रकाश सी, अजय सी, मुस्कान सी, केशव सी, लगायतकाे आतिथ्यता रहेकाे थियाे । जिल्ला समिति बैठककाे सुरुवातीमै जनयुद्धदेखि एकीकृत जनक्रान्तिकाे अभियानमा लामाे समय प्युठानलाई कार्यक्षेत्र बनाई रहेका नेकपाका केन्द्रीय सदस्य तथा प्युठानकाे जिल्ला इन्चार्जकाे भुमिकामा रहेका राेल्पा जिल्ला निवासी जागृति सीलाई विदाई गर्दै करिब ९ वर्ष गण्डक क्षेत्रमा कार्यक्षेत्र बनाई खटिरहेका प्यूठानका नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य बुलेट सीलाई पार्टीको प्यूठान जिल्ला इन्चार्जकाे भएकोमा जिल्ला कमिटीले स्वागत गरेकाे थियाे ।
बैठकबाट प्यूठान नगरपालिकाकाे इन्चार्ज सुर्यप्रकाश सी, सेक्रेटरी प्रका सी, माण्डवी गाउँपालिकाकाे इन्चार्ज मुस्कान सी, सेक्रेटरी पवन सी, स्वर्गद्वारी नगरपालिकाकाे इन्चार्ज परिवर्तन सी , सेक्रेटरी विपिन सी , मल्लरानी गाउँपालिकाकाे इन्चार्ज गाेपी सी , सेक्रेटरी शिवराज सी , झिमरुक गाउँपालिका इन्चार्ज सेक्रेटेरी पदम सी , गाैमुखी गाउँपालिका इन्चार्ज , सेक्रेटेरी केशव सी , नाैबहिनी गाउँपालिका इन्चार्ज गाेञ्जालाे सेक्रेटेरी गगन सी , ऐरावती गाउँपालिका इन्चार्ज सेक्रेटेरी याङ्क सी र सरुमारानी गाउँपालिका इन्चार्ज सेक्रेटेरी निराजन सीलाई खटाइएकाे जिल्ला इन्चार्ज बुलेट सीले जानकारी दिए । अभियान अवधिभर ” पार्टीलाई आन्तरिक रुपले सुदृढ गराैं, समाजवादका लागि फराकिलाे माेर्चा निर्माण गराैं । “, दलाल संसदिय व्यवस्थाकाे विकल्प नेपाली विषेशताकाे समाजवाद स्थापना गराैं ।, वैज्ञानिक समाजवाद – जिन्दावाद , एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नाराहरु भित्ते लेखन गरिने जिल्ला सेक्रेटेरी परिवर्तन सीले बताए । – राजेन्द्र रावत क्षेत्री

प्रतिक्रियाहरु