चीनमा भएको विस्फोटको अध्ययन थालियो

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौं, २९ साउन । चीनको उत्तरी थियान्चिन शहरमा रासायनिक सामान राखेको एक गोदाममा विस्फोट हुँदा ५० जना मारिएपछिको घटना अध्ययन गर्न दुई सय जना सैनिक विशेषज्ञ टोली पठाइएको छ । स्थल सैन्य टोलीले उक्त क्षेत्रको सफाई पनि गर्ने छन् । विष्फोटबाट तीन हजार पाँच सय मानिस बेघरवार भएका छन् । विष्फोटमा सात सयभन्दा बढी घाईते भएका छन् । खतरनाक तथा रासायनिक सामान भण्डारण गरिएको भवनमा भएको विष्फोटको कारण अझै पत्तो लाग्न सकेको छैन । घटनाको २४ घटनासम्म पनि उद्धार र आगो नियन्त्रण गर्न उद्धार टोलीलाई गाह्रो परेको चिनियाँ समाचार संस्था सिह्न्वाले जनाएको छ । सोडियम साईनाइड र टोलुइन डायसोसाएनेट जस्तो खतरनाक रासायन राखिएको गोदाममा विष्फोट हुँदा यो क्षति भएको हो ।
विष्फोटको कारण दुई किलोमिटर वरपरको क्षेत्रका भवन र सवारी साधन ध्वस्त भएका छन् । विष्फोटको धक्का कैयौं किलोमिटर परसम्म महशूस गरिएको थियो ।
घटनाको निष्पक्ष जाँच गरिने चिनियाँ प्रधानमन्त्री ली खछियाङले विश्वास दिलाउनु भएको छ । १७ जना दमकलकर्म मारिएको उक्त घटनामा अझै थुप्रै व्यक्ति वेपत्ता रहेको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु