डुंगामा निसासिएर ४० जनाको मृत्यु

२०७२ श्रावण ३१ गते, आईतवार

काठमाडौं, ३१ साउन । भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न लागेका आप्रवासी चढेको डुंगामा ४० जनाको निसासिएर मृत्यु भएको छ । इटालीको नौसेनाले जनाए अनुसार क्षमताभन्दा बढी यात्रु सवार डुंगामा निसासिएर ४० जनाको मृत्यु भएको हो । डुंगामा सवार ३ सय २० जनालाई भने सकुशल उद्धार गरिएको छ । डुंगाको इञ्जिनबाट निस्केको धुँवाका कारण निसासिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु