भारत ६९ औं स्वतन्त्रता दिवस मनाउँदै

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौ ३० साउन । भारत आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाउँदै छ । आज राजधानी दिल्लीसहित देशका मूख्य शहरमा सुरक्षाको कडा प्रबन्ध गरि ६९ औं स्वतन्त्रता दिवस मनाउँन लागिएको छ । । दिल्लीस्थित लालकिल्लाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने हेलिकोप्टर पेट्रोलिङको व्यवस्था गरिएको छ । सोही स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । जम्मू कश्मीर, महाराष्ट्र, पञ्जाबलगायत राज्यमा सुरक्षा सतर्कता बढाइएको छ । हालै सन् १९९३ को बम आक्रमणका दोषी याकूब मेमनलाई फाँसी दिएका सन्दर्भमा आएका धम्कीहरुका कारण पनि सुरक्षा सतर्कता बढाइएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु