कार्टरलाई क्यान्सर

२०७२ श्रावण २८ गते, बिहीबार

काठमाडौं, २८ साउन । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर रोगको संक्रमण पाइएको छ । शरीरका अन्य भागमा क्यान्सर फैलने खतरा भएपछि उनको शल्यक्रिया गरिदैंछ । बुधबार पूर्वराष्ट्रपति कार्टरले आफू अस्वस्थ्य भएको जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनले आफू क्यान्सरबाट पिडीत भएको र उपचारका लागि अस्पताल पुगेको जनाएका छन् ।
९० वर्षीय कार्टरले इमोरी हेल्थकेयर अस्पतालका चिकित्सकहरु आफ्नो उपचारमा संलग्न रहेको जनाएका छन् । स्वास्थ्योपचारका प्रगतिबारे थप विवरण कम्तीमा एक सातापछि सार्वजनिक हुने उनले जनाएका छन् । कार्टरको परिवारका अन्य सदस्यहरुलाई पनि क्यान्सर भएको थियो । डमोक्रेट पार्टीका तर्फबाट कार्टर अमेरिकाको ३९ औं राष्ट्रपति भएका थिए । उनले १९७७ देखि १९८१ सम्म ३९ औं राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरे । -एजेन्सी

प्रतिक्रियाहरु