बिश्व

आइएसलाई हटाउने क्रममा भीषण संघर्ष

काठमाडौं,१२ जेठ । सिरियामा उत्तरी रक्काबाट इस्लामिक अतिवादी समुह आइएसलाई हटाउने क्रममा भीषण संघर्ष भएको छ । अमेरिकी सहयोगमा सिरियन कुर्दिस र अरब लडाकुहरुले संयुक्तरुपमा सैन्य अभियान चलाएका हुन् । यस अभियानमा सिरियन डेमोक्रेटिक फोर्सका ३० हजार लडाकु परिचालन गरिएको छ । अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानले रक्षात्मक सहयोग गरेका छन् भने रुसले पनि सहयोग […]

२०७३ जेष्ठ १२ गते, बुधबार

भारतीय एयर एम्बुलेन्स दुर्घटनामा

काठमाडौँ, ११ जेठ । भारतीय राज्य पटनाबाट दिल्ली जाँदै गरेको एउटा एयर एम्बुलेन्स आज नजफगढमा दुर्घटनामा परेको छ। दिउँसो पौने तीन बजे विमान खेतमा आपतकालीन अवतरण गरिएको हो । विमानमा रहेका सातमध्ये दुई जना यात्रु घाइते भएको बताइएको छ । विमान नजफगढको खैर गाउँको खेतमा अवतरण गरिएको हो । चार्टर्ड विमानको इन्जिन फेल भएपछि आपतकालीन […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

सिरियामा शक्तिशाली विस्फोट, ७८ जनाको मृत्यु

काठमाडौं, १० जेठ । सिरियामा सरकारको नियन्त्रणमा रहेको तारकोस र जाब्लेह सहरमा सोमबार गराइएको शृंखलाबद्ध विस्फोटमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ । विस्फोटका कारण अरु धेरैजना घाइते भएका छन् । तारकोसमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ४७ भन्दा बढी घाइते भएका छन् । यस्तै, जाब्लेह सहरमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ […]

२०७३ जेष्ठ १० गते, सोमबार

आईएसलाई कारवाहीको चेतावनी

काठमाडौं, १० जेठ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् । यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताउनु भएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई यसअघि नै शहर छाड्न इराक आर्मीले भनिसकेको थियो । फलुजालाई सन् २०१४ मा आईएसले कब्जामा […]

२०७३ जेष्ठ १० गते, सोमबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

काठमाडौं, ९ जेठ । इन्डोेनेसियाको पश्चिमी क्षेत्रमा रहेको माउण्ट सिनाबुङमा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । असुरक्षित घोषणा गरिएको सिनाबुङ आसपासको क्षेत्रमा काम गरिरहेका किसानहरु ज्वालामुखी विस्फोटमा परेका हुन् । विस्फोटबाट निस्किएको खरानी ३ किलोमिटर माथिसम्म फैलिएको छ । जसका कारण उद्धारमा समस्या देखिएको छ । सन् २०१४ मा पनि सिनाबुङमा ज्वालामुखी […]

२०७३ जेष्ठ ९ गते, आईतवार

हवाइ आक्रमणमा तालिबान नेता मारिए

काठमाडौं, ९ जेठ । अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले नै अनुमति दिइएको बताइएको छ । अफगानिस्तानका तालिबान नेता मुल्ला मोहमद उमर गत जुलाईमा […]

२०७३ जेष्ठ ९ गते, आईतवार

कोस्टा रिकामा ज्वालामुखी विष्फोट

काठमाडौं, ८ जेठ । मध्य अमेरिकी मुलुक कोस्टा रिकामा ज्वालामुखी विष्फोट हुँदा ३ हजार मिटरको उचाईसम्म धुँवा र खरानी निस्कन थालेको छ । यसका कारण सयौ नागरिक अस्पताल जान बाध्य भएका छन् । उनीहरुलाई स्वास लिन समस्या भएको बताइएको छ। साथै खरानीका कारण छालासम्बन्धी समस्यासमेत देखिएको छ। ज्वालामुखी विष्फोटका कारण विद्यालयहरुसमेत बन्द गराइएको छ। कोस्टा […]

२०७३ जेष्ठ ८ गते, शनिबार

इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन

काठमाडौं, ८ जेठ । इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ । विमानको सिग्नल हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीय पार्टमा धुँवा फेला परेको एभिएसन हेराल्ड नामक विमान उद्योगको वेभसाइटले उल्लेख गरेको हो । तर यस भनाइको अहिलेसम्म कुनै आधिकारिक पुष्ट्याई नभएको बीबीसीले जनाएको छ । विमानको सञ्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट […]

२०७३ जेष्ठ ८ गते, शनिबार

ताइवानमा महिला राष्ट्रपति

काठमाडौँ, ७ जेठ । ताइवानको नयाँ राष्ट्रपति साइ इंग वेनले सपथ लिएकी छन् । उनी ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । साइले जनवरीमा भएको निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी पार्टी अर्थात डीपपीको नेतृत्व गरेकी थिइन् । यो पार्टीले निर्वाचनमा एकतर्फी जित हासिल गरेको थियो । परम्परागत रुपमा डीपीपीको झुकाव चीनबाट अलग हुने छ । यो जितपछि […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

पाकिस्तानसँग भारत टिक्न नसक्ने रुसी विज्ञको दाबी

काठमाडौ, ७ जेठ । भारत र पाकिस्तानबीच युद्ध भएमा भारत टिक्न नसक्ने एक रुसी परमाणु विज्ञले दाबी गरेका छन् । रुसका परमाणु विज्ञ पेत्र तोपीच्कानोभका अनुसार पाकिस्तानी क्षेप्यास्त्रलाई झेल्न सक्ने क्षमता भारतसँग छैन । उनले भने, ‘भारतले आफ्नो रक्षा क्षेत्रको विकासका लागि धेरै लगानी गरेको छ तर पनि उसले अहिलेको अवस्थामा पाकिस्तानी क्षेप्यास्त्रको सामना गर्न […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार