ताइवानमा महिला राष्ट्रपति

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौँ, ७ जेठ । ताइवानको नयाँ राष्ट्रपति साइ इंग वेनले सपथ लिएकी छन् । उनी ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । साइले जनवरीमा भएको निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी पार्टी अर्थात डीपपीको नेतृत्व गरेकी थिइन् । यो पार्टीले निर्वाचनमा एकतर्फी जित हासिल गरेको थियो । परम्परागत रुपमा डीपीपीको झुकाव चीनबाट अलग हुने छ । यो जितपछि ताइवान र चीनबीचको सम्बन्धमा असर पर्ने अनुमान गरिएको छ ।
चीन ताइवानलाई आफूबाट अलग भएको प्रान्तका रुपमा हेर्ने गर्दछ । चीनले आवश्यक परे बल प्रयोग गरेरै भर्ए पनि चीनमा मिलाउने चेतावनी दिइसकेको छ।
साइ इंग वेनले आफूले चीनसँगको सम्बन्ध कायम राख्ने बताएकी छन् । तर चीनले पनि ताइवानको लोकतन्त्रको सम्मान गर्नुपर्ने उनको भनाइ छ। ताइवानका विदेशमन्त्रीका अनुसार राजधानी ताइपेईमा भएको सपथ ग्रहण कार्यक्रममा करिब ७०० राज्य प्रमुख, कुटनीतिज्ञ र पदाधिकारीले भाग लिएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु