हवाइ आक्रमणमा तालिबान नेता मारिए

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौं, ९ जेठ । अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले नै अनुमति दिइएको बताइएको छ ।
अफगानिस्तानका तालिबान नेता मुल्ला मोहमद उमर गत जुलाईमा मारिएपछि मुल्ला मन्सूरले तालिबानी नेताको कमाण्ड सम्हालेका हुन् । यद्यपि, तालिबानले भने यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु