इन्डोनेसियामा ज्वालामुखी विस्फोट

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौं, ९ जेठ । इन्डोेनेसियाको पश्चिमी क्षेत्रमा रहेको माउण्ट सिनाबुङमा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । असुरक्षित घोषणा गरिएको सिनाबुङ आसपासको क्षेत्रमा काम गरिरहेका किसानहरु ज्वालामुखी विस्फोटमा परेका हुन् । विस्फोटबाट निस्किएको खरानी ३ किलोमिटर माथिसम्म फैलिएको छ । जसका कारण उद्धारमा समस्या देखिएको छ ।
सन् २०१४ मा पनि सिनाबुङमा ज्वालामुखी विस्फोट हुँदा धेरै जनाको ज्यान गएको थियो । ४ सय वर्षसम्म निष्क्रिय यो ज्वालामुखी पछिल्लो पटक सन् २०१० मा विस्फोट भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु