आज विश्व बाघ संरक्षण दिवस

२०७२ श्रावण १३ गते, बुधबार

काठमाडौ, १३ साउन । आज विश्व बाघ संरक्षण दिवस मनाइँदैछ । संसारबाट घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पुराउने उद्देश्यसहित हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिएको छ । बाँके, बर्दिया, कञ्चनपुरको शुक्लाफाँटा, चितवन, सिन्धुलीको चुरे क्षेत्रमा मात्रै बाघ पाइने गरेको छ । बाघको छाला, हाड, मासु, दाँत र नंग्रा महंगोमा बिक्री हुने भएकाले चोरी शिकारी बढेको छ । पछिल्लो सय वर्षको अवधिमा संसारभर बाघको संख्या ९७ प्रतिशतले घटेको छ ।
सन् २०१३ को तथ्याङ्क अनुसार नेपालमा बाघको संख्या १ सय १९ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षण, बर्दिया, बाँके र चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा गरी अहिले १ सय ९८ बाघ रहेका छन् । त्यसयता गणना भएको छैन । आज काठमाडौलगायतका विभिन्न ठाउँमा काम काक्रम हुँदैछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु