पर्यटन

डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु

काठमाण्डौ, १ साउन । साउन महिना सुरु भएसँगै शुक्रबारदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ । बिहानैदेखि दर्शनार्थीको आगमन बढेको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका उपाध्यक्ष किरण थापाले बताउनुभयो । आशापुरी महादेव मन्दिरमा साउन महिनामा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास […]

२०७२ श्रावण १ गते, शुक्रबार

पर्यटकको उद्देश्य मनोरञ्जन

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्भेक्षणले नेपाल आउने आधा भन्दा बढी पर्यटकको मूख्य उद्देश्य विदाको समयमा घुमफिर गरेर मनोरञ्जन गर्ने रहेको देखाएको छ । नेपालमा पदयात्रा र तिर्थयात्राका लागि आउने पर्यटकको संख्या पनि उच्च रहने गरेको छ । नेपालमा २०७० पुसदेखि २०७१ पुससम्म ७ लाख ९० हजार ११८ पर्यटक भित्रिएका थिए । जसमध्ये […]

२०७२ असार २९ गते, मंगलवार

५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने

काठमाडौं । चावहिलस्थित चारुमति बौद्ध विहारमा ५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने भएको छ । भारत पुणेमा रहेको अशोक सर्वाङ्गीण विकास सोसाइटीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी करिब २० लाख रुपैँयाको लागतमा सो स्तम्भ निर्माण गर्न लागिएको जानकारी दिएको हो ।सोसाइटीका अध्यक्ष अशोक सिलवन्तले आगामी डिसेम्बर ६ मा भूमि पूजन गर्ने र आगामी वर्ष […]

२०७२ असार २८ गते, सोमबार

मध्ये रातसम्म सौराहा खुला गर्न माग

काठमाडौँ, २१ असार । नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाडौ, पोखरा र सौराहा हो । तर काठमाडौँ र पोखराभन्दा सौराहामा आचारसंहितामा कडाइ गरिएपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । चितवनको सौराहामा राती १० बजेपछि होटल बन्द गर्नुपर्ने अवस्था आएको भन्दै रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले दुखेसो पोख्नुभयो । भूकम्पका कारण सुनसान […]

२०७२ असार २१ गते, सोमबार

कुमारीको दर्शन सर्वसाधारणलाई खुला

काठमाडौँ, १७ असार । वसन्तपुरस्थित कुमारीघरमा जीवित देवी कुमारीको दर्शन सर्वसाधारणलाई आजदेखि पुनः खुला गरिएको छ ।गत वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण त्यस क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न कडाइ गरिएको थियो । भूकम्पपछि कुमारी घर जोखिममा परेकाले केही साता कुमारीको समेत बसाइ सार्नु परेकाले सर्वसाधारणलाई दर्शन बन्द गरिएको थियो । स्थानीय कुमारी […]

२०७२ असार १७ गते, बिहीबार

१ हजार ७१ वर्ष पुरानो ‘गदा’ भेटियो

काठमाडौ, १६ असार । गत वैशाख १२ को शत्तिशाली भूकम्पबाट भत्किएको दोलखाको भीमेश्वर महादेव मन्दिरको गहना घरमा रहेका गरगहना सुरक्षित स्थानमा सार्नेक्रममा १ हजार ७१ वर्ष पुरानो ‘गदा’ फेला परेको छ ।भूकम्प गएको दुई महिनापछि भीमेश्वर मन्दिरका गहनाहरु घरेलु तथा साना उद्योग विकास समितिको भवनमा सार्नेक्रममा उक्त गदा फेला परेको हो ।दुईओटा कोठामा भन्डारण गरिएको […]

२०७२ असार १६ गते, बुधबार

पर्यटन प्रबर्धनमा विदेशी पर्यटक

काठमाडौं, १४ असार । गत वैशाख १२ गतेको भूकम्पपछि देशमा पर्यटक आगमन घटदै गएको सन्र्दभमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरेको छ । बेल्जियम, अमेरिका र जर्मनीका भूगर्भविद, इञ्जिनियर र सञ्चारकर्मी सहितको पर्यटक टोली बनाएर एक्यापले एक्याप क्षेत्रमा पर्ने विभिन्न क्षेत्रको भ्रमण गरिसकेको छ । […]

२०७२ असार १४ गते, सोमबार

ऐतिहासिक संरचना पानीका कारण ध्वस्त हुँदै

काठमाडौं, १३असार । गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका शक्तिपीठ तथा पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्व विभागले चासो नदिँदा जीर्ण भएका संरचना पनि ध्वस्त हुने अवस्थामा पुगेका छन् । वैशाख १२ गतेको भूकम्पबाट साततले नुवाकोट दरबार, भैरवीदेवी मन्दिर, रङ्गमहल, गारदघर, तलेजु भवानीको मन्दिरलगायतमा पुगेको क्षतिपछि संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा बर्खे झरीले थप […]

२०७२ असार १३ गते, आईतवार

मुक्तिनाथ घुम्न आउन आब्हान

काठमाडौं , १३ असार । हालै गएको भूकम्पको प्रभाव पश्चिमी पर्यटकीय स्थल मुस्ताङमा पनि परेको छ ।अहिले मुस्ताङमा पर्यटक छैनन् भने प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर सुनसान बनेको छ ।भूकम्पले मन्दिरलगायतका क्षेत्रमा कुनै असर नपारेपनि भूकम्पको त्रासका कारण भक्तजन नआएको स्थानीयको बुझाइ छ । उता, म्याग्दीको बैसरीमा गएको पहिरोले मुस्ताङ्ग बेनी सडक खण्ड अवरुद्ध हुँदा […]

२०७२ असार १३ गते, आईतवार

मनास्लु पदमार्गका होटल बन्द

काठमाडौ, १२ असार । आन्तरिक तथा विदेशी पर्यटकको आवागमन ठप्प भएपछि गोरखाको मनास्लु पदमार्गको दायाँबायाँ खुलेका होटल बन्द भएका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि मनास्लु पदमार्गमा पर्यटक छैनन् । भूकम्प गएको दुई महिना बितिसक्दा पनि अबरुद्ध मनास्लुको पूरा बाटो अझै खुलाउन सकिएको छैन । थुमी गाविसको सोती बजारदेखि सिर्दिवास गाविसको फिलिम […]

२०७२ असार १२ गते, शनिबार