पर्यटन

सेतीवेनी–मिर्मी खण्डमा यसै वर्षभित्र ट्रयाक खोलिने

काठमाडौ , २५ जेठ । सेतीवेनी–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोलिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने पर्वतको सेतीवेनीदेखि स्याङ्गजाको पिडीखोला – मिर्मी सम्मको बाँकी ट्रयाक असारसम्ममा पूरा गर्ने तयारी भएको हो । भारतसँगको सीमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ सडक ३ सय ७७ किलोमिटर लामो छ […]

२०७२ जेष्ठ २५ गते, सोमबार

मनकामना केबलकार पुन सञ्चालन

काठमाडौं, २४ जेठ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भएपनि आजदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए […]

२०७२ जेष्ठ २४ गते, आईतवार

मच्छिन्द्रनाथको रथजात्रा पुन सञ्चालनको तयारी

काठमाडौं, २२जेठ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण रोकिरहेको रातो मच्छिन्द्रनाथको रथजात्रालाई पुन संचालन गर्ने सम्वन्धमा आज दिउसो निर्णायक छलफल हुने भएको छ । आज अपरान्ह साढे ३ बजे ज्यापू समाजको भवन भोलढोकामा रथयात्रा फेरि संचालन गर्नको लागि निर्णायक छलफल हुने ज्यापू समाजका अध्यक्ष मंगल महर्जनले बताए । छलफलमा गुथि संस्थान ललितपुर […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

पर्यटन प्रवर्द्धनमा लुम्बिनीका व्यवसायी

काठमाडौं, २१ जेठ । लुम्बिनी क्षेत्रका व्यवसायीहरुले ‘भिजिट लुम्बिनी हेल्प नेपाल’ अभियान सुरु गरेका छन् ।उनिहरुले विनाशकारी भूकम्पपछि सुस्ताएको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सो अभियान सुरु गरेका हुन् । व्यवसायीले यही अभियान लिएर थाइल्याण्डमा पर्यटन प्रबर्द्धनका लागि जाने भएका छन् । सिद्धार्थ होटल एशोसियसन नेपाल -सान लुम्बिनी)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको नेतृत्वमा पर्यटन ब्यबसायी तथा […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

पर्यटन प्रवर्द्धनका लागि प्याकेज

काठमाडौं , १९ जेठ । पोखरा पर्यटन पुनर्जागरण समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पर्यटन प्रवर्द्धनका लागि प्याकेज घोषणा गरेको हो । भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पोखराका व्यवसायीहरुले बिभिन्न सेवामा छुट योजना सार्बजनिक गरेका छन् । समितिका अनुसारमा पोखराका होटल, बन्जीजम्प र जीप फ्लायरमा ५० प्रतिशत छुट दिइने छ । ट्रेकिङमा […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

डोलेश्वर महादेवको मूल मन्दिर पुनर्निर्माण हुने

काठमाडौ, १९ जेठ ।गएको वैशाख १२ को विनासकारी भूकम्पले भत्किएको केदारनाथको शिर डोलेश्वर महादेवको मूल मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ। केदारनाथ धामका पीठाधीश भीमाशंकरले सोमबार मन्दिरको शिलान्यास गरेका हुन्।मन्दिरको शिलन्याससँगै निर्माण कार्य सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका प्रथम उपाध्यक्ष किरण थापाले बताए।निर्माण कार्य सुरु गरिएको मूल मन्दिरको लागत ४ करोड […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

पर्यटन बोर्डमा कार्यकारी प्रमुख नियुक्त हुदै

काठमाडौं, १७ जेठ । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्ने प्रक्रिया सुरु भएको पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए । मुलुकको पर्यटन प्रवर्द्धन गर्ने निकाय पर्यटन बोर्ड लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतबिहिन बन्दै आएको छ । ‘पर्यटन बोर्डको नियमावली संशोधन भइसकेको छ, खुला प्रतिस्पर्धाबाट सिइओ छनोट गर्ने […]

२०७२ जेष्ठ १७ गते, आईतवार

पुरातात्विक सम्पदाहरू पर्यटकलाई जेठ ३२ देखि खुला हुने

काठमाडौँ । विनाशकारी भूकम्पले क्षतिग्रस्त ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरू पर्यटकलाई जेठ ३२ गतेदेखि खुला गरिने भएको छ । पर्यटन पुनरुत्थान समिति र संस्कृति तथा पुरातत्व विदहरूको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू भूकम्पले क्षतिग्रस्त भएपछि पर्यटकलाई अवलोकनका लागि निषेध गरिएको थियो । जेठ ३२ गते विशेष कार्यक्रम अयोजना […]

२०७२ जेष्ठ १६ गते, शनिबार

खप्तडमा गंगा दशहरा मेला

काठमाडौं, १४ जेठ । खप्तड क्षेत्रमा गंगा दशहरा मेला सुरु भएको छ । बुधबारबाट सुरु भएको मेला तीन दिनसम्म चल्ने छ । मेला भर्न हजारौं दर्शनार्थी खप्तड क्षेत्रमा पुगेका छन् । माइकास्थान, सहस्त्रलिङ, नागढुंगा, खप्तड बाबा कुटी, खप्तड दह, सितापाईला र त्रिवेणी स्नान घाटमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । विभिन्न कालखण्डमा ऋषि मुनिले तपस्या गरेको […]

२०७२ जेष्ठ १४ गते, बिहीबार

सगरमाथा हिउँ विहीन हुनसक्छ : वैज्ञानिक

काठमाडौ, १४ जेठ । वैज्ञानिकहरुले विश्वकै सर्वोच्च शिखर सगरमाथा हिउँविहीन हुन सक्ने चेतावनी दिएका छन । कार्बनडाइअक्साइड उत्सर्जनका कारण सर्वोच्च शिखर सगरमाथा हिउँविहीन हुन सक्ने उनीहरुले दाबि गरेका छन । विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धानले तापक्रम वृद्धि गरी हिउँ पगाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइअक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने […]

२०७२ जेष्ठ १४ गते, बिहीबार