कृष्णसार संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण हुदै

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडाैँ । नेपालमा नै दुर्लभ मानिएको कृष्णसारको प्रमुख वासस्थान रहेको बर्दियाको खैरापुर कृष्णसार संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण भईरहेको छ ।
कुनै किसीमका सावधानी नअपनाईदा गतबर्ष साउनमा बबई नदीमा आएको बाढीले संरक्षण सूचीमा परेका४० वटा कृष्णसार बगाएको थियो ।संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसारको वासस्थान रहेको यसक्षेत्र बबई नदीको पुरानो वहाव क्षेत्रभएकाले जोखिम मानिन्छ ।
यो क्षेत्रपनि नदीकै उचाई वरावर रहेकाले कृष्णसारलाई जोखिम बाट बचाउनका लागिनै उच्चस्थली वनाउन लागिएको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ ।
उच्चस्थली निर्माण भईसकेपछि बाढी बाट कृष्णसारमात्र सुरक्षित नभई यसक्षेत्र वरपरका मानिसहरु समेत सुरक्षित रहने बर्दिया कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत नारायण रुपाखेतीले वताए ।
गत साल यसै क्षेत्रमा बाढी आउदा हेलिकप्टर अवतरण गर्नै स्थान नहुदा लामोसमय सम्म यस क्षेत्रका वासीन्दा लमई उद्धार गर्न सकिएको थिएन ।
उच्चस्थली निर्माण पश्चात उक्त सममस्या नरहेने उनको दावी छ । हाल निर्माण सम्पन्न ६ सय बर्गमीटरको उच्चस्थली शुरुमा परिक्षणका लागि वनाईएको यसको प्रयोग पूर्ण रुपमा कृष्णसारले गर्न लागेकाले हाल ६४ सय बर्गमीटरको उच्चस्थली निर्माण भईरहेको र आवश्यक अनुसार थप उच्चस्थली निर्माण गरीने बर्दिया कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले वताए ।
बिश्व वन्यजन्तुकोष नेपाल कार्यक्रम मार्फत हरियोवन युएसआईडीको सहयोगमा प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगत उच्चस्थली निर्माण गरीएको हो । हाल यस संरक्षण क्षेत्रमा २ सय ७६ भन्दा धेरै कृष्णसार रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु