आईपीएलमा पुन: मुम्बई इन्डियन्स च्याम्पीयन

२०७७ कार्तिक २६ गते, बुधबार


काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकाे छ । मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा भएको छ । जसमा मुम्बइले मात्रै ५ पटक उपाधि कब्जा गर्न सफल भएको छ । मंगलबारको खेलमा दिल्लीले मुम्बई १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसलाई मुम्बाइले मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।उसका लागि रोहित शर्माले ६८, क्विन्टन डी ककले २० रन बनाएका थिए । त्यस्तै इशान किशन अविजित ३३ रन बनाउन सफल भए । उता बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाउन सफल भएको थियो । जसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेटका थिए । एक पटक फाइनलमा पुगेर हारेको मुम्बाइले त्यसयता जित निकाल्दै आएको छ । उसले फाइृनल पुगेर पराजि भोग्नु परेको छैनु सन २०१० मा पहिलो पटक फाइनल पुगेर हार बेहोरेको थियो । त्यसयता उसले सन २०१३, २०१५, २०१७, २०१९ मा पनि फाइनलमा जित निकालेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु