भारतिय क्रिकेटर कपिलदेबलाई हृदयघात

२०७७ कार्तिक ८ गते, शनिबार


काठमाडौं । गएराति मध्यरातमा हृदयघात भएपछि भारतिय क्रिकेटर तथा बिश्वकप १९८३ का भारतिय कप्तान कपिलदेब अस्पताल भर्ना भएका छन् । ६१ बर्षिय देबलाइ नयाँ दिल्लीस्थित द फर्टिस स्र्कट हस्पिटलमा भर्ना गरिएको हो । भर्ना अघि छातीको समस्या भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले उनलाइ आइसियुमा भर्ना गरिएको छ, केही दिनमै डिस्चार्ज हुन सक्ने उनको उपचारमा संलग्न डा अतुल माथुरले बताए ।
१९८३ मा विश्वकप क्रिकेटको उपाधी जित्दा कपिलदेवले भारतिय टिमको कप्तानी सम्हालेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु