‘आईपीएल’ क्रिकेटको फाइनल खेल हुँदै

२०७७ कार्तिक २५ गते, मंगलवार


काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएकाले फाइनलमा पनि त्यसलाई निन्रन्तरता दिने प्रयासमा छ ।
मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ दिल्ली भनेपहिलो पटक उपाधि भित्राउने प्रयासमा हुनेछ । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु