बार्सिलोनाका अध्यक्ष जोसेपद्वारा राजीनामा

२०७७ कार्तिक १२ गते, बुधबार


काठमाडौं । पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा गरेका हुन् । सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाबदिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै पछि हटेका हुन् । राजीनामा दिएको घोषणा गर्ने क्रममा बार्तोमेउले क्लबको आर्थिक भविष्यका लागि सुपर लिगमा सामेल हुने निर्णय गरेको बताएका हुन् । तर सुपर कपलाई लिएर एकमत हुन सकेको छैन । बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

म्याराडोनाको अन्त्येष्टी

२०७७ मंसिर १२ गते, शुक्रबार

फुटबलर म्याराडोनाको निधन

२०७७ मंसिर ११ गते, बिहीबार