हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

२०७७ कार्तिक १६ गते, आईतवार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो। गए राति भएको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको हो । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभरमै भेटेको हो । ​हैदराबादका लागि रिद्धिमान शाह ३९, मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए । ​
बैंगलोरका युजभेन्द्र चाहल २, वासिंगटन सुन्दर र नाभदिप सैनीले १.१ विकेट लिए ।पहिलो ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । ​ बैंगलोरको सामान्य लक्ष्यका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाए । एबी डी भिलियर्स २४, वासिंगटन सुन्दर २१, गुर्किरात सिंह १६, कप्तान विराट कोहली ७ रनमा समेटिदा देबदूत पडिकलले ५ रन बनाए । ​​हैदराबादका सन्दीप शर्मा र जासन होल्डर २र२, रासिद खान, शबाज नदीम र टि नटराजनले १र१ विकेट हात पारे ।

१३ खेलमा १२ अंक बनाएको हैदराबाद यो जितसँगै चौंथो स्थानमा उक्लिएको छ । प्लेअफ सम्भावना कायम राखेको हैदराबादले अन्तिम खेल मुम्मबईसँग खेल्दैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु