रोनाल्डोमाथि अनुसन्धान !

२०७७ कार्तिक ११ गते, मंगलवार


काठमाडौं । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका रोनालडोले कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो । पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका थिए ।
रोनाल्डो हाफ्नो निजी जेटमार्फत टुरिन फर्किए पनि इटालियन खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले एक विज्ञप्तिमा रोनाल्डोको कोरोना भाइरस प्रोटोकोल उल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । रोनाल्डोले प्रोटोकोलको कदर नगरेको आरोप छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु