१४ वर्षपछि आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

२०७७ कार्तिक १७ गते, सोमबार


काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ । युनाइटेडलाइ आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित गरेको हाे, त्याे पनि उसकै घरेलु मैदानमा ।

आइतबार राति भएको लिग अन्तरगतकाे खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । याे उसकाे दुर्लभ जित मानिएकाे छ । जितपछि आर्सनल सात खेल खेलेर १२ अंक जोड्दै नवौँ स्थानमा पुगेको भने युनाइटेड ७ अंकसहित १५ औँ स्थानमा छ ।

आर्सनलकाे तर्फबाट खेलकाे ६९ औँ मिनेटमा पिएर-एमरिकले पेनाल्टीमार्फत गोल गरेका थिए, जुन निर्णायक गाेल बन्यो । युनाइटेडले भने गाेल फर्काउन सकेन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु