‘देशलाई जिताउने लक्ष्य भएपछि हरेक मोर्चामा जित्न सकिन्छ’

२०८१ बैशाख २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले लक्ष्यप्रति स्पष्ट र दृढ भएपछि पार्टीले परिचालन गर्ने हरेक मोर्चामा जित्न सकिने बताएका छन् । पार्टीको चौथो पूर्ण बैठकमा जिल्ला समिति सदस्यहरुलाई जिल्लाको योजना सम्प्रेषण गर्दै उनले देश, जनता र क्रान्तिलाई जिताउने लक्ष्य लिएको पार्टी जुनकुनै मोर्चामा विजयी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
बैठक पछिको पत्रकार सम्मेलनमा पनि उनले भने- ” हामी जित्ने गरि लाग्दैछौं, यो देशको जिम्मा हामीले लिने हो । ” पश्चिमा साम्राज्यवादी शक्तिको चौतर्फी घेराबन्दी कम्युनिस्ट र देशभक्तहरु माथी भैरहेको छ । हामीले सबै मोर्चाबाट देश र जनता विरुद्ध हुने षड्यन्त्रलाई परास्त पार्ने गरि लड्दैछौं । अब यो देशलाई समाजवादमा लैजाने हो । त्यसको निम्ति संविधान संशोधन, जनमतसंग्रह, जनसंघर्ष सबै विधि अवलम्बन गर्दैछौं । त्यसको निम्ति हरेक क्षेत्रमा बहस, अन्तरकृया, जनपरिचालन, ध्रुविकरण, एकता, जनसेवा, सहकार्य र संघर्ष सबै क्षेत्रलाई मिसन समाजवादतर्फ लैजाने गरि लाग्ने बताए ।
त्यसो गर्दागर्दै ०८४ को चुनाव आइहालेमा चुनावमा पनि लड्ने सुमनसिंहले बताए । मोर्चाबन्दीको संभावना भए मोर्चा बन्दी होइन भने समाजवाद स्थापनाको निम्ति चुनावमा सहभागी हुने सुमन सिंहले बताए । ०८४ सम्मकै खाका बताउदै उनले चुनावमा पनि आफुहरुकै जित हुने बताए । अब देशको नेतृत्व गर्ने अवसर विप्लवले पाउनु पर्ने उनको भनाइ थियो । सबैको हेरियो देखियो, देश संकटमा परेको यो समय देशको सुरक्षा र जनताको सुखको निम्ति आफ्नो पार्टीले नेतृत्व गर्ने बताए । हामी विशाल मोर्चाबन्दिको प्रयत्न पनि गर्दैछौं उनलेे भने, ‘देश विभिन्न आश्चर्यजनक घटना परिघटनाको बिचबाट अगाडि बढिरहेको छ ।’
आगामी नेपालको नेतृत्व लिन पार्टी तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरु