‘हाम्रो माग यथावत छ’

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनबारे लिखित र मौखिक सहमतिभन्दा पनि कार्यगतरुपमा नआएसम्म निर्वाचनमा सहभागी हुन नसकिने बताएका छन । उनले संविधान संशोधनबारे दलहरुबीच सैद्धान्तिक सहमति भएपनि ठोस निर्णय नभएको बताए । तमलोपा जिल्ला कार्यसमिति मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् । उनले सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफूहरुको माग यथावत रहेको स्पस्ट पारे । उनले सीमांकनलाई थाती राखेर अरु विषयमा संविधान संशोधनबारे छलफल भएपनि सहमति भइनसकेको बताए ।

प्रतिक्रियाहरु