प्रस्तावित राजदूतको सुनुवाइ जारी

२०७३ चैत्र ९ गते, बुधबार

काठमाडौ, ९ चैत । संसदको सुनुवाइ विशेष समितिले विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाइ गर्दैछ । आज बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ गर्ने छ । सरकारले श्रीलंकामा विश्वम्भर प्याकुरेल, बहराईनमा पदम सुन्दास, बंगलादेशमा चोपलाल भुषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्रप्रसाद सिंह राजपुतलाई सिफारिस गरेको छ ।
व्यवस्थापिका संसद बैठक अपरान्ह तीन बजेका लागि बोलाइएकाले समितिले आजै प्रस्तावित नाम अनुमोदन गर्ने नगर्ने बारे निर्णय गर्नेछ । समितिले हिजो र अस्ति दुई दिन अष्ट्रेलिया, ओमान, कतार, इजराएल, डेनमार्क, जापान र कोरियाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रियाहरु