प्रधानमन्त्री प्रचण्ड चीन जादै

२०७३ चैत्र १० गते, बिहीबार

काठमाडौं, चैत १० । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ । चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि उनले १२ गते शनिवार नै पोआओ सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु