राजनीति

‘कृष्ण सेनको हत्यारालाई कहिले गर्छौ कारबाही ?’

काठमाडौँ , १३ जेठ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांश वक्ताले सेनका हत्याराहरूलाई कारबाहीको माग गरेका थिए । सो सभामा क्रान्तिकारी पत्रकार सङ्गठनले सो […]

२०७४ जेष्ठ १३ गते, शनिबार

‘चुनावको सशक्त प्रतिकार गर्छौं’

काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते हुने स्थानीय तहको चुनावको सशक्त प्रतिकार गर्ने घोषणा गरेको छ । उसले चुनावलाई सशक्त प्रतिकार गर्ने घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको अध्यक्षमण्डलको शुक्रबार राजधानीमा बसेको बैठकले प्रतिकार गर्ने शुक्रबारअपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । घोषित कार्यक्रम अनुसार जेठ १३ […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार

जेठ ३१ अघि नयाँ सरकार बन्न कठिन

काठमाठौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी राखेकाले प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित हुने सम्भावना बढेको हो । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदै

काठमाडौ, ११ जेठ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मन्त्रिपरिषदबाट पारित भएको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नेछिन् । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । सरकार परिवर्तनको बेला र चुनावका बेला भएकाले सरकारले मोटामोटी योजना तथा […]

२०७४ जेष्ठ ११ गते, बिहीबार

किसान नेता गिरफ्तार

काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका एरिया सेक्रेटरी र किसान संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । दुई नम्बर एरिया सेक्रेटरी अशोक क्षेत्री र किसान नेता राम कुँवरलाई मंगलबार कैलालीको सहजपुरबाट विना कारण गिरफ्तार गरेको नेकपा कैलालीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका कैलालीले गिरफ्तार नेताहरुलाई तुरुन्त रिहाईको माग गरेको छ । […]

२०७४ जेष्ठ १० गते, बुधबार

निर्वाचन आयोगलाई काम गर्न समस्या

काठमाडौं, ९ जेठ । सरकारले स्थानीय तहको संख्या थप गरेपछि निर्वाचन आयोगलाई चुनाव तयारीमा समस्या हुने भएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा का मगर्न निकै गाह्रो हुने बताए । उनले जेठ १९ भित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए । ‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम […]

२०७४ जेष्ठ ९ गते, मंगलवार

बजेट अधिवेसन सुरु हुँदै

काठमाडौ, ८ जेठ । संसदको बजेट अधिवेसन आजदेखि सुरु हुँदैछ । ब्यावस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आर्थिक वर्ष २०७४-७५ को नीति तथा कार्यक्रम जेठ ११ गते व्यवस्थापिका संसद्मा पेस गर्ने तयारी छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेस गर्नेछन । संवैधानिक व्यवस्था अनुसारका सरकारको […]

२०७४ जेष्ठ ८ गते, सोमबार

रसुवा बन्द

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) रसुवाले शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबेंसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । रसुवा बन्दले जनजीवन प्रभावित […]

२०७४ जेष्ठ ६ गते, शनिबार

कालिकोट भीडन्तका घाइते बटालाको मृत्यु

काठमाडौं,१ जेठ । कालिकाेट नरहरिनाथ गाउँपालिका माल्कोट मतदान केन्द्रमा सुरक्षाकर्मीको गोली लागि घाइते भएका ४५ वर्षीय धनरुप बटालाको मृत्यु भएको छ । माल्कोटस्थित नन्दादेवी मावी सेरापाटा मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर बटाला गम्भीर घाइते भएका थिए । उपचारको अभावमा मृत्यु भएको जनाइएको छ । उपचारका लागि घाइतेहरुलाई हिजै काठमाडौं ल्याउन लागिएकोमा हेलिकोप्टर अवतरण गर्न […]

२०७४ जेष्ठ १ गते, सोमबार

नेकपा सुनसरीका सेक्रेटेरीसहित दर्जन पक्राउ

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी (डीसीएस) उदय राईसहित दर्जन जिल्ला तहका नेता तथा कार्यकर्तालाई प्रहरीले हिजो साँझ गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा चुनाव खारेजी अभियानमा रहेका अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको बताइएको छ । पक्राउ पर्नेहरुमा सेक्रेटरी राईसहित जिल्ला नेता सुरज राई, सुरेश राईसहित अन्य रहेको बताइएको छ । बराहा […]

२०७४ बैशाख ३० गते, शनिबार