मुख्य समाचार

माओवादी हुम्लाद्धारा जनसरकार घोषणा

काठमाडौं, ७ मंसिर । नेकपा माओवादीले हुम्लामा जनसरकार गठनको घोषण गरेको बताएको छ । जिल्लामा आफ्नै प्रकारको जनसरकार गठनको सबै प्रक्रिया पुरा गरेर जिल्ला जनसरकार गठन गरेको माओवादीका जिल्ला सेक्रेटरी संकेतले जानकारी दिएका छन् । आफू अज्ञात स्थलमा रहेको बताएका सेक्रेटरी संकेतले जिल्लामा व्यप्त भ्रष्टाचार, अन्याय र अत्याचार, असमानता र स्थानीय निकायमा भएका अराजकतालाई नियन्त्रण […]

२०७२ मंसिर ७ गते, सोमबार

युएसएआइडीको अनुदानमा एन्ट्यागद्वारा ब्रह्मलुट

काठमाडौँ । युसएसएआइडीअन्तर्गको सुआहारा आयोजनामार्फ् बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धमा काम गर्दै आएको नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) ले अनुदान रकमको सही सदुपयोग नगरी ब्रह्मलुट मच्चाएको सम्बद्ध स्रोतले बताएको छ । नेपालभर करिब ४० जिल्लामा बालबालिकाको स्वास्थ्य र पोषणसम्बधी कार्य गर्दै आएको एन्ट्यागले तोकिएको क्षेत्रमा काम नगरी फर्जी बिल र भर्पाई गरी लाखौँ रुपैयाँ अपचलन […]

२०७२ मंसिर ५ गते, शनिबार

बेलायत र भारतको अभिव्यक्ति आपत्तीजनक : माओवादी

काठमाडौं । नेकपा माओवादीले बेलायत र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ती जनाएको छ । कुनै एक स्वतन्त्र र स्वाधीन देशकाे अान्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न पनि माओवादीले चेतावनी दिएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती जारी गर्दै नेपालको संविधान निर्माण प्रक्रियाका बारेमा केही सुझाब दिएका […]

२०७२ मंसिर २ गते, बुधबार

पेट्रोलका लागि लाइनमा नबस : आयल निगम

काठमाडौं, २३ कार्तिक । नेपाल आयल निगमले भोली दखि पेट्रोलका लागि लाइनमा नबस्न आग्रह गरेको छ । निगमका कार्यकारि निर्देशक गोपाल खड्काले आज पत्रकार सम्मेलन मार्फत तेलको स्टक अभाव भएकाले निजि सवारी साधनलाई तेल दिन नसकिने बताए । भारतीय नाकाहरुबाट अत्यन्त कम तेल आएका कारण तेल तथा ग्याँस वितरण गर्न नसकिने निर्देशक खड्काले बताए । […]

२०७२ कार्तिक २३ गते, सोमबार

ओली सरकारको आलोचना सुरु

काठमाडौँ । भारतको नाकाबन्दी र तराईका बिभिन्न जिल्लामा भैरहेका आन्दोलनवाट आजित भैरहेका जनतालाई प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डल विस्तारले आश्चर्य चकित पारेको छ । प्रधानमन्त्री ओलीले गठबन्धनमा सहभागी दलहरुको चित्त बुझाउन छजना उपप्रधानमन्त्री बनाएका छन् । सरकारमा सहभागी सबै मुख्य दलहरुले उपप्रधानमन्त्री पाएका छन् । पार्टी भित्रको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँड गर्न […]

२०७२ कार्तिक २१ गते, शनिबार

विराटनगरस्थित भारतीय शिविर तत्काल हटाउन माग

काठमाडौँ । नेकपा माओवादीले भारतीय राजदूतावासको विराटनगरस्थित शिविर कार्यालय अविलम्ब हटाउन माग गरेको छ । माओवादीले शिविर नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने अखडा भएको भन्दै अविलम्ब हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई गतबुधबार ज्ञापनपत्र पठाएर तुरुन्त हटाउन माग गरेको छ । माओवादीले कांग्रेस, एमाले, एमाओवादी, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ मोरङलाई समेत बोधार्थमा राखी […]

२०७२ कार्तिक १९ गते, बिहीबार

माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने

काठमाडौ, १७ कात्तिक । नेकपा माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ। माओवादीले आज एक विज्ञप्ती जारी गर्दै तिहारपछि शसक्त आन्दोलन गर्ने बताएको हो । भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालकोराष्ट्रिय स्वाधीनतामा खलल पुर्‍याउने काम गरिरहेको माओवादीले ठोकुवा गरेको छ । यस परिस्थितिमा नेपालका सबै […]

२०७२ कार्तिक १७ गते, मंगलवार

काँग्रेसको कन्तबिजोग

काठमाडौँ । आफ्नै नेतृत्वमा संविधान जारी गर्न सफल भएको नेपाली काँग्रेसको संविधान जारीसँगै कन्तबिजोग भएको छ । देशमा नयाँ संविधान लागू भएपछि काँग्रेस सत्ता र सरकारबाट बाहिरिन पुगेको छ । सत्ता र सरकार वामपन्थीको कब्जामा पुगेको छ । नयाँ संविधान जारी भएपछि बनेको सरकारका कुनै निकायमा काँग्रेसको उपस्थिति हुन सकेको छैन भने काँग्रेससँगै दक्षिणपन्थी दलालहरुसमेत […]

२०७२ कार्तिक १४ गते, शनिबार

भट्टराईका पिएले पिए पछि…..

काठमाडौं, १३ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिए सनिप बुढाले रक्सि पिएर सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई बुढालाइ आक्रमण गरेका छन । पिए सनिप बुढाले डा. बाबुराम भट्टराईको निवासमा खटिएका सशस्त्र प्रहरीका परिचर (भान्छे) विष्णु श्रेष्ठलाईलाई मरणासन्न हुने गरी पिटेका हुन् । उनले कात्तिक ६ गते टिकाको दिन भट्टराईको सुरक्षामा रहेका सशस्त्र […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

अाेली नेतृत्वकाे सरकार दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश : माअाेवादी

काठमाडाैँ । नेकपा माअाेवादीको हालै राजधानी बाहिर सम्पन्न केन्द्रीय समितिको बैँठकले अाेली नेतृत्वकाे सरकारलाई दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश भनेकाे छ । झन्डै एक हप्ता लामाे बसेको बैंठकले अाेली सरकार भारतकै सहयाेगमा बनेकाे निष्कर्ष निकालेकाे छ । ‘बैंठकमा अाेली सरकारकाे साथै समग्र राजनीतिकबारे छलफल भयाे, अाेली नेतृत्वकाे सरकर प्रतिक्रान्तिकै निरन्तरतामा गठन भएकाे दलाल सरकार हाे भन्ने […]

२०७२ कार्तिक २ गते, सोमबार