चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

२०८१ जेष्ठ १० गते, बिहीबार


काठमाडौँ । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट २०.६ प्रतिशत० र सौर्य छ करोड ७० लाख किलोवाट ९५२.४ प्रतिशत पुगेको छ । जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन करिब २६.८९ अर्ब अमेरिकी डलरको उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२।९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रियाहरु