स्वास्थ्य / शिक्षा

आरु खाँदाको फाइदै बेग्लै

काठमाडौं, ६ असार । अहिले आरुको सिजन हो । आरु निकै हदसम्म स्याउजस्तै देखिन्छ । तर, यसको बाहिरी भाग पहँलो रंगको र भित्र कठोर बियाले यसलाई भन्दा फरक गरिदिएको हुन्छ । आरुमा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल र फाइबरको मात्रा प्रचुर हुन्छ । जसलाई शरीरलाई धेरै प्रकारका लाभ पुराउने गर्दछ । १. आरुमा निकै कम क्यालोरी पाइन्छ […]

२०७३ असार ६ गते, सोमबार

नक्कली डाक्टरविरुद्ध ठगी मुद्दा चलाइने

काठमाडौँ, ५ असार । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्द्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात व्यूरोबाट नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरु तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्वर प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने विरुद्ध गरिएको अपे्रशन क्वाक अन्तर्गत शुक्रबार विभिन्न स्थानहरुबाट ३६ जनालाई पक्राउ गरेको […]

२०७३ असार ५ गते, आईतवार

कक्षा ११ को पठनपाठन साउन १६ देखि

काठमाडौं, ५ असार । आगामी साउन १५ गतेभित्र देशभरका उच्च माध्यमिक विद्यालयले कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ । नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी […]

२०७३ असार ५ गते, आईतवार

बाथ रोगबारे बेलैमा जानौँ र बचौं

काठमाडौँ, ४ असार । बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी आयोजना गरेको छ । सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ । बाथ रोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा तस्बिर मार्फत महत्वपूर्ण जानकारी हासिल गर्न […]

२०७३ असार ४ गते, शनिबार

सूचना आयोगको खिल्ली उडाउँदै एन्ट्याग

काठमाडौँ, ४ असार ।अघिल्लो वर्ष अर्थात् २०७२ साल जेठ अन्तिम साता नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) माइतीघरमा भएको भ्रष्टाचारबारे यथार्थता बुझ्न पुगेका पत्रकारको टोलीमाथि एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीलगायतको टोलीले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलगायत उक्त दुव्र्यवहारको […]

२०७३ असार ४ गते, शनिबार

इपिएसको परीक्षा सुरु हुदै , राहदानी र प्रवेशपत्रको सक्कल आवश्यक

काठमाडौँ, ४ असार । आजदेखि रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिएका छन । परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० […]

२०७३ असार ४ गते, शनिबार

विश्व योग दिवस मनाइने

काठमाडौं, असार ३ । नेपाल योग एसोसिएसन यही जुन २१ तारिखका दिन नेपालमा पनि विश्व योग दिवस मनाइने बताएको छ । संयुक्त राष्ट्रसंघले गत वर्षदेखि जुन २१ लाई विश्व योग दिवस मनाउन सुरुआत गरेको हो । नेपाल योग एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिकोरुपमा चिनाउने अभियानअन्तर्गत् विश्व योग दिवसका […]

२०७३ असार ३ गते, शुक्रबार

एसएलसीको पूरक परीक्षा साउन १४ देखि

काठमाडौँ, ३ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो । कार्यालयले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर […]

२०७३ असार ३ गते, शुक्रबार

एसएलसीको परीक्षाफल सार्वजनिक

काठमाडौ, २ असार । परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल प्रकाशित गरेको छ । आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् । यस्तै, […]

२०७३ असार २ गते, बिहीबार

६८ वर्षीय बृद्ध कक्षा १० मा पढ्दै

काठमाडौँ, २ असार । नेपालका ६८ वर्षीय दुर्गा कामी सबैभन्दा बढी उमेरका विद्यार्थी हुन् । उनी हजुरबा बनिसकेका छन् । तर, उनले यो उमेरमा पनि स्कुल गएर पढाई पूरा गर्ने निर्णय गरेका छन् । गरिबीका कारण कामीले बाल्यकालमा पढाई पूरा गर्न सकेनन् । तैपनि अहिले उनी शिक्षक बन्ने आफ्नो लक्ष्य पूरा गर्न चाहन्छन् । त्यसैले […]

२०७३ असार २ गते, बिहीबार