एसएलसीको पूरक परीक्षा साउन १४ देखि

२०७३ असार ३ गते, शुक्रबार

काठमाडौँ, ३ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो । कार्यालयले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको जनाएको छ ।
परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिका यसप्रकार रहेको छ ।
साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी
वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अङ्ग्रेजी
साउन १५ गते शनिबार – अनिवार्य नेपाली
गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी ९भ्भिअतष्खभ भ्लनष्किज०
साउन १६ गते आइतबार –अनिवार्य गणित
साउन १७ गते सोमबार – अनिवार्य बिज्ञान
वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
साउन १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन
साउन १९ गते बुधबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर्फ ः अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ ः अनिवार्य संस्कृत भाषा
साउन २० गते बिहीबार – ऐच्छिक प्रथमपत्रका सबै विषयहरु
साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयहरु ।

प्रतिक्रियाहरु