६८ वर्षीय बृद्ध कक्षा १० मा पढ्दै

२०७३ असार २ गते, बिहीबार

काठमाडौँ, २ असार । नेपालका ६८ वर्षीय दुर्गा कामी सबैभन्दा बढी उमेरका विद्यार्थी हुन् । उनी हजुरबा बनिसकेका छन् । तर, उनले यो उमेरमा पनि स्कुल गएर पढाई पूरा गर्ने निर्णय गरेका छन् । गरिबीका कारण कामीले बाल्यकालमा पढाई पूरा गर्न सकेनन् । तैपनि अहिले उनी शिक्षक बन्ने आफ्नो लक्ष्य पूरा गर्न चाहन्छन् । त्यसैले उनी लौरो टेकेर भए पनि घन्टौ लगाएर विद्यालय पुग्ने गर्दछन् । अहिले उनी दसौं कक्षामा अध्ययनरत छन् । उनी १४ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीका साथ अध्ययन गरिरहेका छन्। ६ सन्तानका पिता र आठ बालबालिकाका हजुरबा दुर्गा कामीलाई पढाउने शिक्षक भन्छन्–आफ्नो पिता उमेरका व्यक्तिलाई पढाएको मेरो यो पहिलो अनुभव हो ।
दुर्गा कामीसँगै पढ्नेहरुले उनलाई बा सम्बोधन गर्छन् । जसको नेपाली अर्थ हो पिता । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका फोटो पत्रकारसँग दुर्गा कामीले भने–म आफ्नो दुःख भूल्न विद्यालय जाने गर्दछु । उनी श्रीमतीको निधनपछि एक्लोपनबाट बच्न चाहन्थे । बढी उमेर भए पनि उनी विद्यालयमा भलिबलसहित अन्य गतिविधिमा पनि सहभागी रहन्छन् । दर्गा कामी भन्छन्–म जीवनको अन्तिम घढीसम्म अध्ययन गर्न चाहन्छु । यसबाट अन्य उमेर बढी भएका व्यक्तिहरु पनि पढाईमा लाग्ने उनको आशा छ ।

प्रतिक्रियाहरु