आरु खाँदाको फाइदै बेग्लै

२०७३ असार ६ गते, सोमबार

काठमाडौं, ६ असार । अहिले आरुको सिजन हो । आरु निकै हदसम्म स्याउजस्तै देखिन्छ । तर, यसको बाहिरी भाग पहँलो रंगको र भित्र कठोर बियाले यसलाई भन्दा फरक गरिदिएको हुन्छ । आरुमा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल र फाइबरको मात्रा प्रचुर हुन्छ । जसलाई शरीरलाई धेरै प्रकारका लाभ पुराउने गर्दछ ।
१. आरुमा निकै कम क्यालोरी पाइन्छ । त्यसैले यदि तपाईले खाना, खाजा वा अन्य समयमा पनि आरु सेवन गर्न सक्नु हुन्छ । यसले तपाईको तौल घटाउन पनि सहयोग गर्द छ।
२. आरुमा भिटामिन सी पनि भरपुर मात्रामा हुन्छ । जसले एन्टी–अक्सिडेन्टकै जस्तो काम गर्दछ । यसले हाम्रो इम्युन सिस्टमलाई पनि बलियो बनाउने गर्दछ ।
३. यसमा पाइने पोटैशियमले तपाईको किड्नीका लागि धेरै लाभ पुराउछ । यसले तपाईको युरिनरी ब्लैडरलाई एउटा क्लेजिङ एजेन्टले जस्तै काम गर्दछ, जसबाट यसलाई हाम्रो किड्नीसम्बन्धी समस्याबाट टाढा राख्दछ ।
४. आँखाको स्वास्थ्य र त्यसको हेर्ने क्षमता बढाउनसमेन आरुले सहयोग गर्दछ । आरुमा बीटा कैरोटिन पाइन्छ, जुन शरीरमा भिटामिन ए बन्नका लागि आवश्यक हुन्छ । भिटामिन ए रेटिनालाई स्वस्थ राख्नमा सहयोगीसिद्ध हुने गर्दछ ।
५. आरुमा पाइने एन्टी–अक्सिडेन्टले तपाईलाई क्यान्सरबाट पनि बचाउँछ । अध्ययनहरुका अनुसार यसले किमोथेरापीको साइड इफेक्टबाट बच्ने क्षमतासमेत वृद्धि गर्दछ ।

प्रतिक्रियाहरु